Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
चार मन्त्री थपिँदै, आजै शपथ

चार मन्त्री थपिँदै, आजै शपथ

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ। उनीहरुको आजै शपथ ग्रहणको तयारी छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उनीहरु चारै जनाको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ। उनीहरुको आजै शपथ ग्रहण हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ। आज मन्त्रिपरिषद् विस्तार हुने।
Read More
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको छ । ५–८ जना मिलेर २८ वर्षीय नारायण कुमालको हत्या गरेका हुन् । गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको पूर्वी नवलपरासीका एसपी युवराज खड्काले बताउनुभयो । मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । हत्यामा संलग्न आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिनुभएको छ । जेनजी प्रदर्शनको क्रममा कुमाल भिमफेदी कारागारबाट फरार भएका थिए । बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । प्रहरी स्रोतका अनुसार उनी भदौ २४…
Read More
राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइयो

राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइयो

मकवानपुर । राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती आइतबार नेपालगञ्जमा मनाइएको छ । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको आयोजनामा र योग समिति नेपाल तथा पतञ्जलि योग समितिको सहकार्यमा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइएको हो । पछिल्लो समय समुदायमा नसर्ने रोगको प्रकोप बढ्दै जाँदा आयुर्वेद र आयुर्वेदको महत्व बढ्दै गएको कार्यक्रमका सहभागिले जोड दिएका थिए । राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती–२०८२ को अवसरमा समाजमा नसर्नेरोगको उपचार र निदानमा आयुर्वेदको अतुलनिय योगदान रहेको चर्चा गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा.आलोक कुमार पाण्डेले पछिल्लो तथ्याङ्ग अनुसार ७० प्रतिशत मृत्युको कारण नसर्नेरोग भएको पाईएको उल्लेख गर्दै यसको उपचार…
Read More
मुक्तिनाथको १०८ धाराको उचाइ बढाइने

मुक्तिनाथको १०८ धाराको उचाइ बढाइने

मकवानपुर । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा स्नान गर्ने क्रममा तिर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइ बढाइने भएको छ । मन्दिर पछाडी रहेको धारामा स्नान गर्ने क्रममा दैनिकजसो चोट लागेर नजिकै रहेको स्वास्थ्य संस्थामा जानुपर्ने समस्या हट्ने भएको हो । मन्दिरमा भिडभाड हुदाँ हतारिएर स्नान गर्दा चोट लाग्ने गरेकाले अब सहजै स्नान गर्न मिल्ने गरी धाराको मर्मत गरिने मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका अअध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘धारामा निहुरिएर नुहाउनु पर्ने बाध्यता छ, मन्दिरमा प्रवेश गर्ने भक्तजनलाई कुनै समस्या हुन नदिनेमा प्रतिबद्ध छौं…
Read More
छ लाख मानिस तिहार मनाउन उपत्यका छोड्ने सम्भावना

छ लाख मानिस तिहार मनाउन उपत्यका छोड्ने सम्भावना

मकवानपुर । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिनुभयो । “यसपटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु प¥यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती बेहोर्नु पर्ने छैन”, उहाँले भन्नुभयो । सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताउनुभयो ।…
Read More
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

मकवानपुर । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् । पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको हो । पार्टीको वर्तमान नेतृत्वले अनावश्यक रूपमा केन्द्रीय कार्यसमितिको बैठक लम्ब्याउने, ढिलो गर्ने र नियमित प्रक्रियामा महाधिवेशन नगरी नेतृत्वमा बसिरहने अस्वाभाविक र अलोकतान्त्रिक अभ्यास गरिरहेको उहाँहरूको आरोप छ । असोज २८ देखि प्रारम्भ भएको केन्द्रीय समिति बैठक शनिबारसम्म बसेर फेरि छठपछि अर्थात् कात्तिक १३ गतेका लागि बोलाइएको छ । पत्रकार सम्मेलनमा वक्ताहरूले बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक पनि कहिले…
Read More
धान भित्र्याउने काममा व्यस्त सप्तरीका किसान

धान भित्र्याउने काममा व्यस्त सप्तरीका किसान

मकवानपुर । चाडपर्वको बेला पनि सप्तरीको किसान धान काट्न र भित्र्याउन व्यस्त भएका छन् । छरेको ९० दिन र रोपेको ६० दिनमा तयार भएको धान भित्र्याउन किसान व्यस्त भएका हुन् । खेतमा लगाइने विभिन्न जातका धानमध्ये सबैभन्दा पहिले उत्पादन हुने जिरा मंसुरी(कतरनी) धान र साइठी अर्थात् ६० दिनमा नै उत्पादन भएको धान दसैँ सकिएलगत्तै किसानहरू काट्न र भित्र्याउन व्यस्त भएका हुन् । मंसुली, सोना, सोना मंसुली, सुखा तिल, राधा १२, अगहनी लगायतका धानहरू विस्तारै तयार हुँदै जाने र काट्दै जाने तिरहुत गाउँपालिका ४ मा धान काट्दै गर्नुभएको ६० वर्षीया झवरी रामले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जिरा मंसुरी धान रोपेका किसानहरूले…
Read More
नर्सका माग सम्बोधन गर्न समिति गठन, पहिलो बैठक आजै

नर्सका माग सम्बोधन गर्न समिति गठन, पहिलो बैठक आजै

मकवानपुर । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरुले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री कार्की स्वास्थ्यमन्त्री पनि हुनुहुन्छ । समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सहरुलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भइरहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । ‘‘भोलिदेखि तिहार बिदा छ । धेरै जनशक्ति बिदामा बस्ने भएकाले कामको…
Read More
तिहारमा कस्तो होला मौसम ?

तिहारमा कस्तो होला मौसम ?

मकवानपुर । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ । तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया…
Read More
झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । वीरगञ्जमा दिपावलीको लागि झिलिमिली बत्ती ( झालरबत्ती) लगाउने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । दिपावलीका लागि घर सजाउन झिलिमिली बत्ती (झालरबत्ती) लगाउने क्रममा अचानक शरीरमा विद्युत प्रवाह भएर सख्त घाइते भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार शनिबार साँझ करिब ६ बजे पीयूष आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती (झालरबत्ती) जडान गरिरहनुभएको थियो । सोही क्रममा अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी सख्त घाइते हुनुभएको थियो । अचेत अवस्थामा रहेका उहाँलाई स्थानीयले तत्काल उद्धार गरी नारायणी अस्पताल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.