Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मकवानपुर–२ मा महेश बर्तौलाको उम्मेदवारी : भन्छन्– फेरि जित्नेमा ढुक्क छु

मकवानपुर–२ मा महेश बर्तौलाको उम्मेदवारी : भन्छन्– फेरि जित्नेमा ढुक्क छु

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट महेश बर्तौलाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो जित निश्चित भएको दाबी गरे। बर्तौलाले २०७९ सालको निर्वाचनमा जनताले पाँच वर्षका लागि म्यान्डेट दिएर पठाएको भए पनि पूरा कार्यकाल काम गर्न नपाएको गुनासो गरे। उनले ३२ महिना मात्रै काम गरेर असंवैधानिक तरिकाले संसद विघटन भएको बताए। जनताको काम गर्न नपाउँदै संसद सकिए पनि अब ताजा जनादेशका लागि आफू जनताको घरदैलोमा जान लागेको उनको भनाइ छ। विधि र प्रक्रिया अनुसार निर्वाचन घोषणा भएको भन्दै उनले यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा…
Read More
हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता

हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।
Read More
मकवानपुरमा कांग्रेसबाट डिना र लामा उम्मेदवार

मकवानपुरमा कांग्रेसबाट डिना र लामा उम्मेदवार

मकवानपुर । नेपाली कांग्रेसले मकवानपुरको दुई वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएको छ । मकवानपुर-१ बाट पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना)  र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको पार्टी जिल्ला समिति सचिव भिमशेन महतले जानकारी दिए । डिना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट उम्मेदवार थिइन् । उनी राप्रपाका दिपक सिंहसँग पराजित भएकी थिइन् । आगामी निर्वाचनमा डिनाले उनै सिंहसहित ठूला दलका एमालेका रामेश्वर राना, माओवादीका विजय गौतमसँग प्रतिस्पर्धा गर्ने छिन् । यसैगरी, जिल्ला सभापति लामा पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन । लामाले २ नम्बर क्षेत्रबाट ठूला दलका नेकपा एमालेका महेश…
Read More
पत्रकार ऋषि धमला रौतहट ४ मा उम्मेदवार

पत्रकार ऋषि धमला रौतहट ४ मा उम्मेदवार

काठमाडौं । पत्रकार ऋषि धमला रौतहट क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले टिकट दिएको छ । धमला उम्मेदवारी दर्ताका लागि रौतहट पुगिसकेका छन् । उनले केहीबेरमा उम्मेदवारी दर्ता गराउने बताए । रौतहट क्षेत्र नम्बर ४ मा धमलासँगै नेपाली कांग्रेसका बेदप्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी शाह र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई उम्मेदवार छन् । धादिङ घर भएका धमलाको बसोबास हाल काठमाडौंमा छ ।
Read More
मकवानपुरको दुई क्षेत्रमा प्रलोपाको उम्मेदवारी

मकवानपुरको दुई क्षेत्रमा प्रलोपाको उम्मेदवारी

मकवानपुर । आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० का तेज प्रसाद उप्रेती (रमेश)ले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावक राजेन्द्र सिम्खडा र समर्थक केदार अधिकारी रहेका छन् । त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ मा प्रलोपाका सन्तोष विष्टले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावक विष्णु हरि ढकाल र समर्थक प्रलोक पाण्डे रहेका छन् ।
Read More
तनहुँमा ट्रिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

तनहुँमा ट्रिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

तनहुँ । तनहुँमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुत्यु हुनेमा गोरखा ताकुकोटका ४३ वर्षीय रामबहादुर गुरुङ छन् । शुक्लागण्डकी नगरपालिका– २ कोत्रेबाट थप्रेकतर्फ निर्माण सामाग्री लिएर जाँदै गरेको ग १ क ६४८५ नम्बरको ट्रिपर दुर्घटना भएको हो । शुक्लागण्डकी १ बतासेडाँडामा बिहान ९ बजे दुर्घटना भएको वडा सदस्य लक्ष्मीदेवि भण्डारीले बताइन् । निर्माणाधीन लालध्वज मोटरमार्गको लागि निर्माण सामाग्री बोकेर गएको ट्रिपर उकालो घुम्तीमा ब्याक गर्दा ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।
Read More
झापा ५ बाट बालेन शाहले गराए उम्मेदवारी दर्ता

झापा ५ बाट बालेन शाहले गराए उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् । दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ-ठाउँमा कलससहित स्वागत गरिएको थियो । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।
Read More
महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । आजै मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । मनोनयनको क्रममा उनले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताएका छन् । ‘पुरानाले त ३५ वर्षसम्म केही गरेनन् । नयाँले केही गर्छन् कि ?,’ उनले भने, ‘यिनले के गर्छन् अब पछि थाहा हुन्छ । म चाहिँ अहिले कुनै पनि पार्टीको कुरा सुन्दिनँ । पुच्छर हुँदिनँ ।’
Read More
मकवानपुर–२ बाट श्रम संस्कृति पार्टीकी युनिश लामाको उम्मेदवारी दर्ता

मकवानपुर–२ बाट श्रम संस्कृति पार्टीकी युनिश लामाको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट युनिश लामाले उम्मेदवारी दर्ता गरेकी छिन् । उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारी दर्तामा रुद्रबहादुर मुक्तान प्रस्तावक र शिवबहादुर केसी समर्थक रहेका छन् ।  
Read More
मकवानपुर–१ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी दर्ता

मकवानपुर–१ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी दर्ता

मकवानपुर । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य त्यागेकी विद्या श्रेष्ठले श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गरेकी छिन् । घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर श्रेष्ठले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी हुन् । हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विरोधमा रहेकी श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रविन कुमार रजक रहेका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.