Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
भाषणकै क्रममा  ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

भाषणकै क्रममा ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

मकवानपुर । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । ६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । अस्पताल पुर्‍याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य…
Read More
राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
Read More
त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बेलुकी बस्न लागेको त्रिपक्षीय संवादमा जेन–जी समूहका १४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुने उक्त बैठकमा सरकार, राजनीतिक दल र जेन–जी आन्दोलनका प्रतिनिधिहरूबीच प्रत्यक्ष संवाद हुने तयारी गरिएको छ। सरकारतर्फबाट प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनेछन्। राजनीतिक दलका तर्फबाट १६ जना शीर्ष नेताहरू उपस्थित हुने कार्यक्रम छ। जेन–जी आन्दोलनपछि पहिलोपटक यस्तो त्रिपक्षीय संवाद हुन लागेको हो। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए, जसपछि संसद्‌बाट नयाँ सरकार गठन हुन नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला…
Read More
विप्लवले ‘कम्युनिस्ट पार्टी नेपाल’ दल दर्ता गर्दै

विप्लवले ‘कम्युनिस्ट पार्टी नेपाल’ दल दर्ता गर्दै

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदलका संयोजक कर्णजित बुढाथोकी र सदस्य चिरञ्जीवी ढकाल आयोग जाने भएका छन् । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिए । ‘तीन वटा विकल्प लिएर अयोगमा जाँदैछौँ । हामीले कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छौँ । आयोगका पदाधिकारीसँग पनि छलफल गर्दै छौँ । नामको सम्बन्धमा अन्य विकल्पबारे पनि छलफल भइरहेको छ तर निष्कर्षमा पुगेको छैन । आयोगका कुन कुन दल दर्ता भएका छन् । कुन कुन प्रक्रियामा छन्, ती…
Read More
चार मन्त्री थपिँदै, आजै शपथ

चार मन्त्री थपिँदै, आजै शपथ

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ। उनीहरुको आजै शपथ ग्रहणको तयारी छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उनीहरु चारै जनाको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ। उनीहरुको आजै शपथ ग्रहण हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ। आज मन्त्रिपरिषद् विस्तार हुने।
Read More
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

मकवानपुर । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् । पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको हो । पार्टीको वर्तमान नेतृत्वले अनावश्यक रूपमा केन्द्रीय कार्यसमितिको बैठक लम्ब्याउने, ढिलो गर्ने र नियमित प्रक्रियामा महाधिवेशन नगरी नेतृत्वमा बसिरहने अस्वाभाविक र अलोकतान्त्रिक अभ्यास गरिरहेको उहाँहरूको आरोप छ । असोज २८ देखि प्रारम्भ भएको केन्द्रीय समिति बैठक शनिबारसम्म बसेर फेरि छठपछि अर्थात् कात्तिक १३ गतेका लागि बोलाइएको छ । पत्रकार सम्मेलनमा वक्ताहरूले बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक पनि कहिले…
Read More
देशमा भूराजनीतिक चलखेल भयो – उपमहासचिव ज्ञवाली

देशमा भूराजनीतिक चलखेल भयो – उपमहासचिव ज्ञवाली

१ कात्तिक/हेटौंडा । नेकपा (एमाले) को उपमहासचिव प्रदीप ज्ञवालीले देटशमा जेनजीको नाउँमा भएको विध्वंशकारी घटनालाई भूराजनीतिक चलखेलको रुपमा ब्याख्या गर्नुभएको छ । नेकपा (एमाले) मकवानपुरको बिस्तारित भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई शनिबार हेटौँडामा सम्बोधन गर्दै उहाँले भूराजनीतिक चलखेल भइरहेको बताउनुभएको हो । ‘नेपालको इतिहासमै पहिलो पटक दलाइ लामाले अहिलेको सरकारलाई बधाई दिएकाले पनि यो कुरा प्रष्टिएको छ’ पूर्वमन्त्री समेत रहनु भएको ज्ञवालीले भन्नुभयो–‘चीन विरोधी गतिविधि गर्नका लागि अदृष्य शक्तिहरुले नेपालमा वातावरण तयार गर्न लागिरहेका छन् ।’ उहाँले गत भदौ २३ र २४ गते भएको घटनाको छानबीनका लागि गठित आयोगले सरकारले दिने सुझाव एमालेलाई अहिले नै थाहा भएकाले आयोगको छानबीनको…
Read More
मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

मकवानपुर । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउनेसहित विभिन्न २० निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, अमेरिका, बेलायत र जापानकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा ‘मल्टिडोनर ट्रस्ट फण्ड’बाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले इनरुवा-पूर्णिया र…
Read More
निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्तान्तरण गर्ने प्रतिबद्धता

निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्तान्तरण गर्ने प्रतिबद्धता

मकवानपुर । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री कार्कीले हालैको ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिनुभयो । उहाँले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पार्नुभयो। उहाँले आन्दोलनले नागरिक…
Read More
तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

मकवानपुर । नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु रहेका छन् । ‘बोल्न बाँकी नेताहरूलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भने ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’ बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.