Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
वामदेव गौतमको पार्टी  निर्वाचन आयोगद्वारा खारेज

वामदेव गौतमको पार्टी निर्वाचन आयोगद्वारा खारेज

मकवानपुर । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिनुभएको थियो । प्रवक्ता भट्टराईका अनुसार आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिनुभयो । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।
Read More
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

मकवानपुर । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
Read More
छिट्टै पदभार ग्रहण गर्छु : मुख्यमन्त्री यादव

छिट्टै पदभार ग्रहण गर्छु : मुख्यमन्त्री यादव

मकवानपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा मुख्यमन्त्रीको तत्काल कार्यालय नभएको र कार्यालय जलेको अवस्थाका कारण आफुले पदभार ग्रहण नगरेको बताउनुभएको छ । उहाँले जेनजी पुस्ताको आन्दोलनको क्रममा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय जलेको र हालसम्म कार्यालय व्यवस्थापन हुन नसकेकाले मुख्य सचिवलाई कार्यालय व्यवस्थापनका लागि निर्देशन दिसकिएको बतटाउनुभयो । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित आफनै कोठामा सञ्चारकर्मी सँग कुरा गर्दै मुख्यमन्त्री यादवले कार्यालय दुई तीन दिनभित्र कार्यालय व्यवस्थापन भएपछि आफूले पदभार ग्रहण गर्ने बताउनुभयो । उहाँले आफुलाई नियुक्ति दिएपछि विरामी पर्नु भएका प्रदेश प्रमुख भण्डारी कार्यबाहक मुख्यमन्त्रीलाई जानकारी गराएर काठमाडौ जान लागेपछि आफुले नै नियुक्तिपछि सपथ गराइ दिन गरेको…
Read More
एमाले मकवानपुरको आग्रह: पार्टी छोडेका सदस्य फर्कुन्

एमाले मकवानपुरको आग्रह: पार्टी छोडेका सदस्य फर्कुन्

मकवानपुर । नेकपा (एमाले) मकवानपुरले विभिन्न समयमा पार्टी छोडेर गएका नेता, कार्यकर्ताहरुलाई आफ्नै मूलघर फर्कन आह्वान गरेको छ । शुक्रबार जिल्ला पार्टी उपाध्यक्ष हिदम लामाले अपिल जारी गर्दै भनेका छन् “विद्यमान परिस्थितिमा तपाईंहरुको योगदानको निरन्तरता, राजनैतिक क्रियाशीलता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा (एमाले) नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।” नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह एमाले राष्ट्रिय स्वाधिनताको, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने कुरा तथ्य र परिणामले पुष्टि गरेको विषयहरुले गर्वबोधको अनुभूति भएको उल्लेख गदै उपाध्यक्ष लामाले भनेका छन्, “भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन र त्यस आन्दोलनमा भएको घुसपैठले मच्चाएको विध्वंसपछिको अवस्थालाई विश्लेषण गर्दा पनि…
Read More
प्रतिनिधि सभा निर्वाचन तयारी ‘प्रक्रियातर्फ ६० प्रतिशत काम सकियो’

प्रतिनिधि सभा निर्वाचन तयारी ‘प्रक्रियातर्फ ६० प्रतिशत काम सकियो’

मकवानपुर । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताउनुभयो । २०७७ को विघटनपछिको चुनावमा अदालतलको आदेश कुरेको स्मरण गराउँदै उहाँले अहिले फरक परिस्थितिमा विघटन भएकाले आयोगले तयारीमा कुनै अलमल नगरेको बताउनुभएको हो । चुनावको तयारीबारे समितिले गरेको छलफलमा भण्डारीले नेपालका हरेक आन्दोलनले संविधान प्रतिस्थापन गरे पनि अहिले संविधान यथावत् रहेको बताउनुभयो । संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले सरकार निर्माण र चुनावको मिति तोकेको स्मरण गराउँदै भण्डारीले शासकीय प्रबन्ध लिकमा ल्याउन चुनाव सर्वोत्तम…
Read More
दोहा भ्रमणपछि राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

दोहा भ्रमणपछि राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज यहाँबाट स्वदेश प्रस्थान गर्नुभएको छ । उहाँलाई यहाँस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवम् नेपाली दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभएको थियो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुग्नु भएको हो । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन…
Read More
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ

एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ

मकवानपुर । नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेशको तयारीमा रहेका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग छलफल गरेर, केही दिन अभियान चलाएपछि एमालेमा फर्कने बताएका छन्। यो समूहको तर्फबाट बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सबैको सरसल्लाहपछि औपचारिक कार्यक्रम गरेरै एमाले प्रवेश गर्ने बताए। ‘एक सय २२ जना साथीहरू त ६। ८ महिनाअघि नै एमाले प्रवेश गर्ने तयारी गरिसकेका थियौं। अब हामी केही दिन देशभरका साथीहरूसँग छलफल गर्छौं र एउटा ठूलो शक्ति बनेर औपचारिक कार्यक्रममार्फत् घर फर्कनेछौं,’ उनले भने। उनले एमालेमा फर्कनका लागि आफूहरूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारे। ‘महाधिवेशन प्रतिनिधि बन्न पाउँछौं कि पाउँदैनौं भन्ने पनि थाहा छैन।…
Read More
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री  सुशीला कार्की

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री सुशीला कार्की

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन बोर्डलाई निर्देशन दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जानेहरूलाई सीप सिकाएर दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनुभयो।…
Read More

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

मकवानपुर । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकका १३ निर्णयः
Read More
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदनका लागि दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्। त्यस्तै नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा (माओवादी समाजवादी) कर्णजित बुढाथोकी र ने.क.पा. (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.