Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भैरहवा । सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो । गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल…
Read More
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै

यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो । बङ्गलादेश भने लगातार दोस्रो जितको खोजीमा छ । उ सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो ।
Read More
सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

मकवानपुर । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउले कीर्तिमान बनाएको हो । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गर्दै तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
मनहरीमा शिकारका क्रममा साथीको बन्दुक पड्किँदा एक जनाको मृत्यु

मनहरीमा शिकारका क्रममा साथीको बन्दुक पड्किँदा एक जनाको मृत्यु

मकवानपुर । मनहरी गाउपालिका वडा नम्बर -६ सिस्नेरी पाखामा आइतबार सिकार खेल्न गएका दुई जनामध्ये एकजना ठेस लागेर लड्दा उनले बोकेको भरुवा बन्दुक पड्केर संगै रहेका अर्को साथीको मृत्यु भएको छ । राक्सिराङ गाउपालिका –८ का ४५ वर्षीय गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका मनहरी–६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको छ। प्रहरीका अनुसार, दुवैले भरुवा बन्दुक बोकेका थिए र ब्लोन लड्दा उनको बन्दुक पडिक्एर पछाडि रहेका थिङको मृत्यु भएको हो । ब्लोनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले बताएका छन् ।
Read More
सप्तरीमा आगो ताप्ने क्रममा जलेर  एक महिला गम्भीर घाइते

सप्तरीमा आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते

कल्याणपुर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिमा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित मिथला टोलमा आगो ताप्ने क्रममा स्थानीय २८ वर्षीया अमृता कुमारी मण्डल गम्भीर घाइते हुनुभएको हो । सोमबार साँझ आफ्नै गाईगोठमा आगो बाली घुर ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा अमृता गम्भीर घाइते हुनुभएको थियो । आगोले उहाँको शरीर ४० प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । गम्भीर घाइते उहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
शितलहरबाट  बाँकेमा   ३५ हजार बढी परिवार प्रभावित हुने पूर्वानुमान

शितलहरबाट बाँकेमा ३५ हजार बढी परिवार प्रभावित हुने पूर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले दिएको जानकारी अनुसार २०८२ का लागि तयार गरिएको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शितलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको जनाउँदै त्यसको सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रका बासिन्दालाई पर्ने देखिएको बताउनुभयो । उहाँले शितलहरबाट सबैभन्दा बढी प्रभावित हुने पालिकाहरुमा…
Read More
लहान बजार भारतीय तरकारीको भरमा

लहान बजार भारतीय तरकारीको भरमा

लहान। लहान बजारमा स्थानीय तरकारी उत्पादन नभएका कारण भारतीय तरकारीको भरमा चलेको छ । भारतीय बजारबाट आउने तरकारीको सीमा क्षेत्रमा रहेको ठाडी बजारमा जाँच नहुँदा विषदीयुक्त तरकारी खान उपभोक्ताहरुलाई बाध्यता रहेका छन् । बिहानै लहान नगरपालिकाको मुख्य चोकमा तीन भ्यान तरकारी भारतबाट आउने गर्दछ । त्यहि तरकारी लहान धनगडी र गोलबजारसम्म खपत भइरहेको दैनिकी नै बनेको छ । यसवर्ष त स्थानीय तरकारी उत्पादन कम भएकाले ८० प्रतिशत तरकारी भारतीय बजारबाट नै आउने गरेको स्थानीय थोक र खुद्रा व्यापारीहरुले बताएका छन् । यस वर्ष मात्रै होइन, हरेक वर्ष हरेक दिन भारतीय बजारका तरकारी आउने दैनिकी नै रहेपनि यसवर्ष त विगत वर्षको…
Read More
बङ्गलादेश प्रिमियर लिग खेल्दै सन्दीप

बङ्गलादेश प्रिमियर लिग खेल्दै सन्दीप

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ । सन्दीपलाई बिपीएलमा राजशाही वारियर्स टोलीले आइतबार अनुबन्ध गरेको जनाएको छ । सन्दीपले यसअघि पनि सन् २०१८र१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेल्नुभएको थियो । उहाँले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिनुभएको थियो । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिनुभएको छ । उहाँले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुभएको थियो । विराटनगरका कप्तान समेत रहनुभएका सन्दीप एनपिएलमा १७ विकेट लिँदै सर्वाधिक विकेट कर्ताको पुरस्कार पाउनुभयो । विराटनगर दोस्रो…
Read More
आगलागीमा परी संखुवासभामा  एक जनाको मृत्यु

आगलागीमा परी संखुवासभामा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आइतबार बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।
Read More
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो। आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा रु. चार अर्ब ७४ लाख ५५ हजार ७७ को कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य छ दशमलव २६…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.