Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सेयर बजार घट्यो

सेयर बजार घट्यो

मकवानपुर । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११ ः ३७ बजे नेप्से अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २ ः ३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्‍यो । साढे १ बजेपछि मात्रै बजार केही सम्हालिएको हो । अघिल्लो दिन नेप्से ३० अंक घटेको थियो ।९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह १.६४ प्रतिशत बढ्यो । त्यस्तै व्यापार ०.५५ रलगानी ०.१० प्रतिशत…
Read More
बागमती प्रदेशमा मतदाता नामावली दर्ता गराउने युवाको सङ्ख्या अधिक

बागमती प्रदेशमा मतदाता नामावली दर्ता गराउने युवाको सङ्ख्या अधिक

मकवानपुर । आगामी फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन कार्यालयहरुमा मतदाता नामावली दर्ता गराउनेहरुको विशेष घुइँचो लाग्दै आएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनीपछि बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनका लागि आगामी फागुन २१ गते तय गरेसँगै उक्त निर्वाचनप्रति युवा पुस्तामा चासो देखिएको छ । गत असोज १० गतेबाट मतदाता नामावली सङ्कलन सुरु गरेसँगै बागमती प्रदेशमा मतदाता दर्ता गर्न निर्वाचन कार्यालयहरुमा युवा पुस्ताको उत्साहपूर्ण सहभागिता पाइएको हो । आफू बसेकै स्थानबाट मतदाता दर्ता गराउन पाउने भएपछि रोजगारी र अध्ययन गर्दै गरेका युवा विद्यार्थीहरुको मतदाता दर्तामा अधिक उपस्थिति रहेको…
Read More
दुई हजार नौ सय रुपैयाँले  बढ्यो सुनको भाउ

दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको भाउ

मकवानपुर । सुनको भाउ आज एकैदिन दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।
Read More
मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

मकवानपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ । मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् । यसैगरी बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरिरहेका छन् । सोमबार बिहानै प्रदेश प्रमुख भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको खबर सार्वजनिक भएसँगै जनकपुरधाममा विरोध प्रदर्शन भएको हो । यसैबीच लोसपा प्रदेश…
Read More
घरबाट बेपत्ता बालिकाको शव दुई दिनपछि मर्थी खोलमा फेला

घरबाट बेपत्ता बालिकाको शव दुई दिनपछि मर्थी खोलमा फेला

मकवानपुर । जिल्लाको मायादेवी गाँउपालिका–१ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहकाअनुसार बेपत्ता भएकी बालिकाको शव मायादेवी गाँउपालिका–१ र शुद्धोधन गाँउपालिका सिमानामा रहेको मर्थी खोलामा फेला परेको बताउनुभयो । मृतक अमित कुमार ओझाको दुई वर्षीया छोरी मान्सा ओझा रहेको प्रहरी नायब उपरिक्षक सिंहको भनाई छ । मान्सा कात्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिइन । बालिकाको शव घर देखि तीन किलो मिटर दक्षिण मर्थी खोलमा फेला परेको र घटना बरे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक सिंहले बताउनुभयो ।
Read More
दाङमा खाद्यले धमाधम धान खरिद गर्न सुरु

दाङमा खाद्यले धमाधम धान खरिद गर्न सुरु

मकवानपुर । दाङको देउखुरीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले सम्झौता अनुसार गढवा गाउँपालिका–५ गढवाबाट किसानसँग धान खरिद गर्न सुरु गरेको हो । धान खरिदका लागि किसानको अभिलेखिकरणसँगै खरिद गर्न सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार खाद्यले सोमबार धान खरिद गर्न सुरु गरेपछि धान बिक्रीका लागि बिहानैदेखि किसान लाइनमा बसेका छन् । खाद्यले गढवामा दुई हजार क्वीन्टल धान खरिद गर्ने भएको सूचना अधिकारी डाँगीले बताउनुभयो । सूचना अधिकारी…
Read More
आकस्मिक सेवा बाहेक सबै सेवा बन्द

आकस्मिक सेवा बाहेक सबै सेवा बन्द

मकवानपुर । राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंंह अस्पतालमा तोडफोड, आगजनी र अस्पतालका चिकित्सक माथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ । अस्पतालको एनआइसीयु वार्डमा आईतवार उपचार भइरहेको नवजात शिशु माथि बिद्धुत सर्टभई बलिरहेको चिम खस्दा शिशु गम्भीर घाइते भएपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड र आगजनी गरि अस्पतालका निमित्त मेसु दिलिप साहमाथि हातपात गरेको बिरोधमा अस्पतालले आइतबार राति एक सुचना जारी गरि सुरक्षाको प्रत्याभूति र दोषीलाई कार्वाही नगरेसम्म आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियोे । अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द भएपछि अस्पतालका उपचारर्थ बिरामीले सास्ती भोग्नुपरेको छ । आइतबार साँझ एनआइसीयुमा चिम…
Read More
आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

मकवानपुर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
Read More
थबाङमा  विद्युतको केन्द्रीय प्रसारण लाइन जोडियो

थबाङमा विद्युतको केन्द्रीय प्रसारण लाइन जोडियो

मकवानपुर । १० वर्षे सशस्त्र जनयुद्धको आधारभूमि मानिने रोल्पाको थबाङमा पहिलोपटक नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जोडिएको छ । थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठूलो गाउँमा विद्युत आपूर्तिको औपचारिक सुरुआत गरिएको हो । लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले स्वीच थिचेर विद्युत प्रवाह सुरु गरेका हुन् । उनले रोल्पामा पछिल्लो दशकमा ३६ हजारभन्दा धेरै घरमा विद्युत पुगेको उल्लेख गर्दै २०६४ अघि १९ प्रतिशतमा सीमित विद्युत पहुँच अहिले ७५ प्रतिशत नाघेको बताए । उनका अनुसार, रोल्पाबाट अर्थमन्त्री हुँदा बजेट ल्याउन सजिलो भयो, त्यसकै परिणाम आज थबाङसम्म बिजुली पुगेको हो । रोल्पामा कुल एक अर्ब ४ करोड रुपैयाँ बराबरको…
Read More
तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द

तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द

मकवानपुर । डुम्रे बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे घण्टा बन्द गरिएको छ । भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे घण्टा बन्द हुन लागेको हो । सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्यप्रगतिमा सहजीकरणका लागि डुम्रे बेसीशहर चामे सडक योजनाबाट अनुरोध भएकामा उक्त खण्ड बन्द गर्न लागेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार उक्त खण्ड बिहान ६ः३० बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुनेछ । उक्त समयावधिमा तुरतुरे पालुङटार खत्रीटार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.