Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
ताप्लेजुङमा  चौँरीको आक्रमणले विदेशी नागरिक घाइते

ताप्लेजुङमा चौँरीको आक्रमणले विदेशी नागरिक घाइते

मकवानपुर । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँ कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि ताप्लेजुङ आउनुभएको थियो । अहिले उहाँको घुन्सास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँलाई हेलिकोप्टरबाट थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको र हेलिकोप्टर आज आउने प्रहरीले जनाएको छ।
Read More
स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती बढ्दै

स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती बढ्दै

मकवानपुर । सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था (चौकी) हरूमा प्रसूति सेवा विस्तारसँगै सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको हो । गाउँमा रहेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालन सुरु भएपछि नियमित गर्भ जाँच गराउने र सुत्केरी हुने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् । फिक्कल गाउँपालिका–५ का वडाध्यक्ष वैकुण्ठलाल पहाडी उक्त वडामा अहिले ‘होम डेलिभरि’ शून्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालनसँगै होम डेलिभरि (घरमा बच्चा जन्माउने) शून्य भएको छ । गाउँमा भएका…
Read More
दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो र गाडी फसेका कारण यातायातमा समस्या भएको भन्दै प्रहरीले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न र बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो । दाउन्नेमा विगत पाँच दिनदेखि यातायात असहज भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किवाससँग समन्वय गर्न पनि नेपालले आग्रह गर्नुभएको छ । बाटो असहज हुँदा सवारी साधनको…
Read More
पाल्पाका दुई पालिकालाई बारुणयन्त्र सहयोग

पाल्पाका दुई पालिकालाई बारुणयन्त्र सहयोग

मकवानपुर । पाल्पाका दुई पालिकालाई अग्नि नियन्त्रण गर्ने (बारुण यन्त्र) प्रदान गरिएको छ । मित्रराष्ट्र जापान सरकारको सहयोगमा पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई अत्याधुनिक बारुणयन्त्र दमकल प्रदान गरिएको हो । जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्न अत्याधुनिक दमकल उपलब्ध गराइएको सहयोगी दाताका अधिकारीहरुको भनाइ छ । यसअघि पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकामा गरी दुई वटा मात्र दमकल थियो । त्यसले आगलागीजस्ता घटना नियन्त्रण गर्न समस्या सिर्जना भएको थियो । थप दुईवटा बारुणयन्त्र भएपछि जिल्लाका अन्य स्थानमा पनि आगलागीका घटना हुँदा समयमै नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ । पालिकालाई दमकल सहयोग आएपछि पाल्पाको पश्चिम क्षेत्रमा हुने…
Read More
राष्ट्रपति पौडेल कतार  भ्रमण  प्रस्थान गर्दै

राष्ट्रपति पौडेल कतार भ्रमण प्रस्थान गर्दै

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९: १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लागेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।
Read More
बर्दाहीमा किशोरीको शव फेला

बर्दाहीमा किशोरीको शव फेला

मकवानपुर । सप्तरीको राजगढ गाउँपालिका –६ बर्दाहीमा १५ वर्षीया एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । सिरहाको भगवानपुर गाउँपालिका –२ गमरिहा घर भएकी नेहा मण्डल मामा सुनिल मण्डलको घरमा बस्दै आएकी थिइन् । आइतवार बिहान करिब ८ बजे नेहा मण्डललाई घरभित्र बाँसको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरी चौकी झुटकीले जनाएको छ । घटनाबारे सूचना प्रहरी चौकी झुटकीमा पुगेपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले स्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा एसओसीओ सहितको…
Read More
नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो। आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ दशमलव ५१ को कारोबार भएको छ। आज व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूह पाँच दशमलव १७ र जीवन बिमा समूह चार दशमलव ३५ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव २९,…
Read More
छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, छ जना घाइते

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, छ जना घाइते

मकवानपुर । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–८ स्थित राजपानी टोलको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा –८ को कमानेका आयुष बस्नेतको गए राति मृत्यु भएको हो । कालिका मन्दिरबाट कमानेतर्फ जाँदैगरेको बा.प्र.०६–००२ प ४८६२ नं. को मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएपछि मोटरसाइकल चालक २४ वर्षीय बस्नेतलाई अचेत घाइते अवस्था उद्धार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । बस्नेतलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा डाक्टरले जाँच गर्नेक्रममा शनिबार राति ६ः३४ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ । यस्तै, मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको…
Read More
जेनजी आन्दोलनमा कारागारबाट भागेर पीडितसँगै बिहे !

जेनजी आन्दोलनमा कारागारबाट भागेर पीडितसँगै बिहे !

मकवानपुर । सप्तरीमा प्रेम र अपराधको एउटा अनौठो संयोग चर्चामा छ। त्यो चर्चाको केन्द्रबिन्दुमा छन् महादेवा गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय शत्रुघन मुखिया। जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सप्तरी, राजविराजबाट फरार भएका मुखिया केही सातापछि विवाह गरेर पुनः आफैं कारागार फर्किनुभयो। मुखियाले नवविवाहिता दुलही भनेर कारागार जाँदा पीडित किशोरीलाई नै लिएर जानुभयो। यो साधारण घटना जस्तो लागे पनि सामाजिक र कानुनी दृष्टिले अत्यन्त जटिल छ। शत्रुघनले दुई वर्ष अघि एक किशोरीको बलात्कारको आरोपमा सप्तरी जिल्ला अदालतबाट १२ वर्ष कैद सजाय पाउनुभएको थियो। त्यतिबेला पीडितका रुपमा उभिएकी किशोरीलाई नै श्रीमती भन्दै सार्वजनिक गर्नुभएको हो। गत भदौ २५ गते…
Read More
काठमाडौंको फोहोर फाल्न अवरोध हट्यो : गाडी सञ्चालन

काठमाडौंको फोहोर फाल्न अवरोध हट्यो : गाडी सञ्चालन

मकवानपुर । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिँदा पाँच दिनदेखि अस्तव्यस्त बनेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ। स्थानीयको अवरोध हटेसँगै सडकमै अलपत्र परेका फोहोर बोकेका गाडी ल्याण्डफिल साइटतर्फ गएको काठमाडौं महानगरपालिकाले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो। मन्त्री घिसिङ आइतबार बिहान शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोली लिएर बञ्चरेडाँडा पुग्नुभएको थियो । टोलीले स्थलगत निरीक्षणका क्रममा धादिङको धुनिबेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, प्रभावित वडाध्यक्ष र स्थानीयवासीसँग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.