Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

मकवानपुर । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिनुभयो । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताउनुभयो । सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । “पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई…
Read More
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

मकवानपुर । नवलपुरको अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । मध्यविन्दु नगरपालिका–११ दमारबाट अरुणखोलातर्फ आउँदै गरेको ग.प्र. ०४–००१ प ४११३ नम्बरको मोटरसाइकल सडक छेउको माटोको ढिस्को र सालको रुखमा ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा मध्टयविन्दु –१० करमघारीका २३ वर्षीय मोटरसाइकल चालक सुदिप बरालको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही ठाउँका सुवित थापा गम्भीर घाइते भएको र उहाँको डण्डामै उपचार भइरहेको नेपालले जानकारी दिनुभयो ।
Read More
देशमा भूराजनीतिक चलखेल भयो – उपमहासचिव ज्ञवाली

देशमा भूराजनीतिक चलखेल भयो – उपमहासचिव ज्ञवाली

१ कात्तिक/हेटौंडा । नेकपा (एमाले) को उपमहासचिव प्रदीप ज्ञवालीले देटशमा जेनजीको नाउँमा भएको विध्वंशकारी घटनालाई भूराजनीतिक चलखेलको रुपमा ब्याख्या गर्नुभएको छ । नेकपा (एमाले) मकवानपुरको बिस्तारित भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई शनिबार हेटौँडामा सम्बोधन गर्दै उहाँले भूराजनीतिक चलखेल भइरहेको बताउनुभएको हो । ‘नेपालको इतिहासमै पहिलो पटक दलाइ लामाले अहिलेको सरकारलाई बधाई दिएकाले पनि यो कुरा प्रष्टिएको छ’ पूर्वमन्त्री समेत रहनु भएको ज्ञवालीले भन्नुभयो–‘चीन विरोधी गतिविधि गर्नका लागि अदृष्य शक्तिहरुले नेपालमा वातावरण तयार गर्न लागिरहेका छन् ।’ उहाँले गत भदौ २३ र २४ गते भएको घटनाको छानबीनका लागि गठित आयोगले सरकारले दिने सुझाव एमालेलाई अहिले नै थाहा भएकाले आयोगको छानबीनको…
Read More

बंशगाेपाल दुग्ध  सहकारीको  भेला सम्पन्न

१ कातिक/ हेटाैडा ।हेटाैडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध  उत्पादक सहकारी  संस्थाकाे ३४ आै वार्षिक  साधारणसभा  शनिवार सम्पन्न  भएकाे छ । हृटाैडा उपमहानगरपालिका  ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष  रामहरि चाैलागाईकाे सभाध्यतामा साधारणसभा  सम्पन्न  भएकाे हाे । साधारणसभामा संस्था अध्यक्ष  चाैलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष  केशव धितालले कृषक हितकाेषकाे प्रतिवेदन, लेखा संयाेजक जयराम घिमिरेले  लेखा समितिकाे प्रतिवेदन र पशुधन संरक्षण  तथा पशु स्वास्थ्य  उपसमितिका संयाेजक सूर्य प्रसाद दुलालले पशु धनकाे प्रतिवेदन पेश गरेका थिए । सभाकाे अवसरमा संस्थाले आव ०८१/०८२ मा सबै भन्दा धेरै  दूध विक्री गर्ने आशिष मल्ल , बासुदेव अधिकारी , बलराम गाैतम,…
Read More
स्काईभेटर दुर्घटनामा शिवको मृत्यु

स्काईभेटर दुर्घटनामा शिवको मृत्यु

मकवानपुर । धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका–४, हिम्दुङमा स्काईभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा जलशक्ती हाईड्रोपावरमा बाटोको नयाँ ट्रयाक खोल्ने क्रममा स्काईभेटर ईलेप तातोपानी खोलामा खसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । स्काभेटर बाटोबाट तिन सय मिटर तल खसेको भन्ने सुचनाको आधारमा नेपाल प्रहरीको टोली खटि गएको थियो । खोजतलास गर्दै जाने क्रममा शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा स्काभेटर चालक प्युठान जिल्ला झिम्रुक गाउँपालिका–६, बस्ने ३६ वर्षीय शिव बहादुर नगरकोटी खोलाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला…
Read More
विद्यार्थीको फूल बगैंचा : तिहारमा धमाधम बिक्री

विद्यार्थीको फूल बगैंचा : तिहारमा धमाधम बिक्री

कवानपुर । गुल्मीको तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई अहिले तिहारमा फूल बेच्ने चटारो छ । विद्यार्थीले बर्सेनि चन्द्रकोट गाउँपालिका–८, मजुवामा रहेको शिक्षालयमा फूल सुन्दर बगैँचा निर्माण गरेका छन् । शिक्षालयको ‘पढ, सिक, कमाउ र तिर’ अभियान अन्तर्गत तीन वर्षे डिप्लोमा कृषिबाली विज्ञान अध्ययन गर्ने विद्यार्थी र शिक्षालयको सहयोगमा तिहारलक्षित गरेर रोपिएको तीन हजार बढी सयपत्री फूलले बगैँचा ढकमक्क मात्रै नभएर मजुवा बजारकै शोभा बढाएको छ । २०७८ सालमा स्थापित सिटिइभिटीको आङ्गिकको रूपमा रहेको प्राविधिक शिक्षालयले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्यअनुरूप १० रोपनी जग्गा भाडामा लिएर कृषिसम्बन्धी अभ्यास गराउनेगरेको छ। विशेषगरी अहिले नै आय–आर्जन नभएर कृषिलाई उद्यमशिलतासँग जोड्ने र स्थानीय उत्पादनलाई प्रोत्साहित…
Read More
नर्स आन्दोलनमा स्वास्थ्य मन्त्रालयको चासो : आइतबार सर्वपक्षीय छलफल हुने

नर्स आन्दोलनमा स्वास्थ्य मन्त्रालयको चासो : आइतबार सर्वपक्षीय छलफल हुने

मकवानपुर । अत्यन्त न्यून तलब भत्ताबाट काम गर्नुपरेको भन्दै देशभरका विभिन्न अस्पतालमा आन्दोलनरत नर्सहरूको मागका विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सरोकारवाला पक्षहरूको रूपमा आन्दोलनरत नर्सका प्रतिनिधिहरू, नेपाल नर्सिङ सङ्घका प्रतिनिधि, निजी मेडिकल तथा डेन्टल कलेज सङ्घका प्रतिनिधि, जेनजी प्रतिनिधि चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसहित छलफल भएको थियो । उक्त छलफलमा आइतबार सर्वपक्षीय छलफल हुने निर्णय भएको छ । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सिङका समस्या, आन्दोलनरत नर्सले उठाएका माग र सेवा सुविधाका विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले २०८१ मङ्सिर २७ को स्वास्थ्य मन्त्रीस्तरीय निर्णय तथा निर्देशनबारे जानकारी गराएको उल्लेख गर्दै…
Read More
करेन्ट लागेर दुई जना घाइते

करेन्ट लागेर दुई जना घाइते

मकवानपुर । मकवानपुरको बकैया र हेटौँडामा करेन्ट लागेर दुई जना घाइते हुनुभएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –६ बेलबोट शुक्रबार दिउँसो करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका बस्ने २१ वर्षीय आयुष लामा घाइते हुनुभएको हो । भित्री सडक खण्डमा बेलबोबाट काठ लोड गरी हेटौँडा आउँदैगरेको बा.प्र.०३–००१ ख २१६७ नं. को ट्रकको छतमा बसेर घर घरमा लगेको विद्युतको तार पन्छाउँदै अगाडि बढ्ने क्रममा एक्कासी ११ हजार भोल्टको तारमा छोइ करेन्ट लाग्दा लामा घाइते भएका हुन् । बागमती प्रदेश प्रहरीका अनुसार करेन्ट लागेर लामा ट्रकमाथिबाट तल सडकमा खसेर घाइते भएका हुन् । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुबै…
Read More
अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

मकवानपुर । नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पन्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूले भारत हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्यानमा पारेर नेपाल हुँदै अस्ट्रेलिया पठाइदिने भनी काठमाडौँ ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर पीडितसँग २० लाख फिरौती मागेको सूचनाका आधार शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला…
Read More
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

मकवानपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताउनुभएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत रहेको उक्त कोषलाई निष्क्रिय नराखी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी प्रभावकारी रुपमा अगाडि बढाइने मन्त्री घिसिङले उल्लेख गर्नुभयो । कोषका कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले विद्युतीय सवारी साधन (सार्वजनिक यातायात), चार्जिङ स्टेसनजस्ता इ-मोबिलिटीका क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गर्ने कोषका लागि फोहोरबाट ऊर्जा उत्पादन गरिने परियोजना लगानीको क्षेत्र हुनसक्ने भन्दै घिसिङले ऊर्जा पनि उत्पादन हुने र फोहोरमैला व्यवस्थापन गर्न सकिने त्यस्ता परियोजनामा लगानीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.