२०८२ कार्तिक २, आईतवार ०८:०९
२०८२ कार्तिक २, आईतवार ०८:०९
मकवानपुर । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा स्नान गर्ने क्रममा तिर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइ बढाइने भएको छ । मन्दिर पछाडी रहेको धारामा स्नान गर्ने क्रममा दैनिकजसो चोट लागेर नजिकै रहेको स्वास्थ्य संस्थामा जानुपर्ने समस्या हट्ने भएको हो । मन्दिरमा भिडभाड हुदाँ हतारिएर स्नान गर्दा चोट लाग्ने गरेकाले अब सहजै स्नान गर्न मिल्ने गरी धाराको मर्मत गरिने मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका अअध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘धारामा निहुरिएर नुहाउनु पर्ने बाध्यता छ, मन्दिरमा प्रवेश गर्ने भक्तजनलाई कुनै समस्या हुन नदिनेमा प्रतिबद्ध छौं…