Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सुनचाँदीको भाउ आज पनि घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो

मकवानपुर । तिहार बिदापछि सुनचाँदीको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो । त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ । आइतबार तोलाको ३ हजार १५ रुपैयाँ रहेको चाँदीको भाउ आज दुई हजार नौ सय…
Read More
अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन

अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन

मकवानपुर । अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक र दुई जनाको अर्को समूह सम्पर्कमा नरहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिए। पर्यटकहरू सम्पर्कविहीन भएपछि खोजी कार्यका लागि टोली परिचालन गरिएको छ । सेना, प्रहरी र शशस्त्र प्रहरीसहितको ११ जनाको टोली परिचालन भएका पालिका अध्यक्ष पुनले बताए। हिमपहिरो लगायतका कुनै पनि घना रेकर्ड नगरिएकाले उनीहरू टेलिफोन सम्पर्क नभएको ठाउँमा सकुशल रहेको हुनसक्ने अपेक्षा गरिएको छ। हिमपातपछि गएराति १२ बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका अन्य पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको छ।
Read More
जापानले पनि ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने

जापानले पनि ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टोकियोस्थित अकासाका प्यालेसमा जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गरेका छन्। भेटमा ट्रम्पले जापानलाई अमेरिकाको सबैभन्दा बलियो सहयोगी भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए। ताकाइची हालै जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। दुवै नेताबीचको भेटमा व्यापार र सुरक्षा सम्बन्धी विषयहरूलाई प्राथमिकता राख्दै छलफल भएको थियो । ताकाइचीले जापानले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठको अवसरमा आगामी वर्ष २५० ओटा चेरीका रूख उपहारस्वरूप दिने घोषणा गरेकी छन् । साथै, उनले ट्रम्पलाई अर्को वर्षको नोबेल शान्ति पुरस्कारका लागि जापानले औपचारिक सिफारिस गर्ने घोषणा समेत गरिन् ।ट्रम्प सोमबार जापान पुगेका थिए, जहाँ उनले सम्राट नारुहितोसँग भेट गरेका…
Read More
विप्लवले ‘कम्युनिस्ट पार्टी नेपाल’ दल दर्ता गर्दै

विप्लवले ‘कम्युनिस्ट पार्टी नेपाल’ दल दर्ता गर्दै

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदलका संयोजक कर्णजित बुढाथोकी र सदस्य चिरञ्जीवी ढकाल आयोग जाने भएका छन् । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिए । ‘तीन वटा विकल्प लिएर अयोगमा जाँदैछौँ । हामीले कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छौँ । आयोगका पदाधिकारीसँग पनि छलफल गर्दै छौँ । नामको सम्बन्धमा अन्य विकल्पबारे पनि छलफल भइरहेको छ तर निष्कर्षमा पुगेको छैन । आयोगका कुन कुन दल दर्ता भएका छन् । कुन कुन प्रक्रियामा छन्, ती…
Read More
पुसदेखि बाघ गणना हुँदै

पुसदेखि बाघ गणना हुँदै

मकवानपुर । आगामी पुसमा बाघ गणना हुने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार…
Read More
उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

मकवानपुर । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो । काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ । यस वर्ष गुह्येश्वरी-गौरीघाट क्षेत्रमा मात्रै छठ पूजा गर्नेको सङ्ख्या पाँच लाख पुगेको छ ।
Read More
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

मकवानपुर । देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि हिमपात भएपछि किसानलाई खेतीपातीका लागि लाभ मिलेको छ । यस्तै वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेपछि अत्यधिक चिसो बढेको छ । हिउँले जमिनको भित्री तह सिँचाइ हुने भएकाले किसानहरू खुशी भएका छन । हिमपातका…
Read More
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

मकवानपुर । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रू दुई हजार घटेर रू दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो। आज ९मंगलबार० फेरि प्रतितोला रू दुई हजार ९०० घटेपछि रू दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला रू ६० घटेर रू दुई हजार ९२० कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५…
Read More
सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

मकवानपुर । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ हजार ६ सयले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि कार्तिक ३ गते सोमबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो।
Read More
आईसीसी विश्वकपमा आज नेपालले अमेरिकासँग खेल्दै

आईसीसी विश्वकपमा आज नेपालले अमेरिकासँग खेल्दै

मकवानपुर । आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो। तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी-२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ। नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्यो। यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो। त्यसपछि यूएई फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती छ, त्यो हो अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.