Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आजदेखि जिल्ला अदालत पूर्णरुपमा सुचारु हुने

आजदेखि जिल्ला अदालत पूर्णरुपमा सुचारु हुने

मकवानपुर । जिल्ला अदालत मकवानपुर आज बिहीबारदेखि पूर्णरुपमा सुचारु हुने भएको छ । कात्तिक १० गतेबाट सर्वोच्च अदालतको सफ्टवेयर प्रणाली पुनःस्थापना भएपछि बुधबार जिल्ला अदालतको न्यायाधीशहरुसहितको पूर्ण बैठकले अदालतको सम्पूर्ण सेवा सुचारु गर्ने निर्णय गरेको हो । बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीशहरु गीता श्रेष्ठ, शकुन्तला कार्की, निर्मला शर्मा र पूर्णिमा कोइरालासहितको पूर्ण बैठकले मुद्दा तथा पेशी व्यवस्थापन, मुद्दा दर्तासहित यसअघि सञ्चालन भइरहेका तारेख दिने, बयान लिने, मुद्दा दर्ता, मुद्दा फिर्ता, मिलापत्र, प्रतिउत्तर दर्ता, प्यारोल निवेदन, रोक्का तथा फुकुवासम्बन्धी निवेदनहरुलगायतका सबै सेवा सुचारु गर्ने निर्णय गरेको हो । जेन–जी आन्दोलनपछि डेढ महिनादेखि अदालतमा रोकिएका र ‘म्यानुअली’मात्र हुँदै आएका सबै काम बिहीबारदेखि…
Read More
हुलाकी सडक भासियो

हुलाकी सडक भासियो

मकवानपुर । बर्दियाको गुलरिया–नेपालगन्ज खण्ड अन्तर्गतको हुलाकी सडक निर्माण सम्पन्न भएको चार महिनामै भासिन थालेको छ । करिब तीन अर्ब १५ करोड लागतमा बनेको उक्त चार लेन सडकका विभिन्न भाग अहिले भासिएर दुर्घटनाको उच्च जोखिममा परेका छन् । बढैयाताल गाउँपालिका–८ स्थित बरमेली टोलको सडकखण्डमा भासिएको भाग जोखिमपूर्ण बनेको छ । दैनिक सयौँ सवारीसाधन आवतजावत हुने यस सडकमा अहिले सडकको भासिएको भागले दुर्घटनाको सम्भावना बढाएको छ । स्थानीय शिवहरी गौतमका अनुसार सडक निर्माण सम्पन्न भएको केही महिनामै भासिन थालेपछि यात्रा असुरक्षित बनेको छ । उहाँले भन्नुभयो, “भासिएको ठाउँ त स्पष्टै देखिँदैन, कुनैबेला त्यहीँ गाडी प¥यो, जोखिम हुन्छ ।” बढैयाताल गाउँपालिका–८ का…
Read More
शनिबार बिहानसम्म देशभर वर्षाको सम्भावना

शनिबार बिहानसम्म देशभर वर्षाको सम्भावना

मकवानपुर । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताउनुभयो । आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
Read More
अन्नपूर्ण बेश क्याम्पबाट १६२ पर्यटक उद्धार

अन्नपूर्ण बेश क्याम्पबाट १६२ पर्यटक उद्धार

मकवानपुर । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेश क्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सशस्त्रका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले सबैलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिनुभयो । साथै अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको जानकारी पनि उहाँले दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेश क्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित एक सय ६२ जनाको उद्धार गरेको हो । बाक्लो हिमपातका…
Read More
त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बेलुकी बस्न लागेको त्रिपक्षीय संवादमा जेन–जी समूहका १४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुने उक्त बैठकमा सरकार, राजनीतिक दल र जेन–जी आन्दोलनका प्रतिनिधिहरूबीच प्रत्यक्ष संवाद हुने तयारी गरिएको छ। सरकारतर्फबाट प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनेछन्। राजनीतिक दलका तर्फबाट १६ जना शीर्ष नेताहरू उपस्थित हुने कार्यक्रम छ। जेन–जी आन्दोलनपछि पहिलोपटक यस्तो त्रिपक्षीय संवाद हुन लागेको हो। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए, जसपछि संसद्‌बाट नयाँ सरकार गठन हुन नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला…
Read More
प्रशान्त महासागरमा चार डुङ्गामा अमेरिकी हमला

प्रशान्त महासागरमा चार डुङ्गामा अमेरिकी हमला

वासिङ्टन डिसी । अमेरिकी सेनाले प्रशान्त महासागरमा लागुऔषध तस्करीको आरोप लागेका चारवटा डुङ्गामाथि हमला गर्दा १४ जनाको मृत्यु भएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो जानकारी दिएका हुन्। मेक्सिकोको नौसेनाले प्यासिफिक तटीय सहर अकापुल्कोबाट करिब ४०० माइल (६४३ किलोमिटर) टाढा एक जना जीवित व्यक्तिको खोजी भइरहेको जनाएको छ। प्रशान्त र क्यारेबियन दुवै क्षेत्रमा लागुऔषध बोकेको भन्दै अमेरिकाले डुङ्गाहरूमाथि गरेको यो हमला शृङ्खलाको पछिल्लो घटना हो। रक्षा मन्त्री हेगसेथका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोमबार पूर्वी प्रशान्तमा भएको यो पछिल्लो हमलाले अमेरिकामा लागुऔषध प्रवेश रोक्ने अभियानमा थप तीव्रता दिएको छ। यी हमलाहरूले यस क्षेत्रमा आलोचना निम्त्याएको छ र विज्ञहरूले यसको…
Read More
‘मोन्था’ चक्रवातले नेपालका २६ जिल्लामा प्रभाव पार्ने

‘मोन्था’ चक्रवातले नेपालका २६ जिल्लामा प्रभाव पार्ने

मकवानपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालको मौसममा गम्भीर असर पर्ने भन्दै उच्च सतर्कताका लागि अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, यो प्रणालीको प्रभाव कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ। चक्रवात मोन्थाको सीधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ। मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।प्रभावित हुने प्रदेश र जिल्लाहरू…
Read More
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

मकवानपुर । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्। हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पाइलट भने सकुशल रहेको उनले बताए।
Read More
आज विश्व पक्षाघात दिवस नेपालमा पनि मनाइँदै

आज विश्व पक्षाघात दिवस नेपालमा पनि मनाइँदै

मकवानपुर । आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएर रक्त धमनीमा रगत जम्मा भई अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँदा पक्षाघात हुने डाक्टरहरु बताउँछन् । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज चेतनामूलक कार्यक्रम हुँदैछन् । विश्वमा हरेक चार जनामा एक जनालाई र ६ सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना हुने तथ्यांक छ । साथै पक्षाघात भएकामध्ये एक तिहाइले…
Read More
मुस्ताङमा हिमपात

मुस्ताङमा हिमपात

मकवानपुर । मुस्ताङमा आज बिहानैदेखि ठूलो हिमपात भैरहेको छ । हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा आठ इञ्जसम्म हिउँ जमेको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण गाडी आवतजावतमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । हिजो लोमान्थाङ–२ न्हेचुङको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । त्यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक अहिले सञ्चालनमा आएको पनि उहाँले बताउनुभयो । हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा सेताम्मे भएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.