Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम, तोडिन् अहिलेसम्मकै रेकर्ड

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम, तोडिन् अहिलेसम्मकै रेकर्ड

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरि कुण्डबाट शुरु गरिएको महिला ट्रेल र्समा खोटाङकि निर्मला राई प्रथम भएकी छिन् । २८ किलोमिटर लामो उक्त रेस २ घण्टा २८ मिनेटमा पूरा गर्दै राई प्रथम भएकी हुन् । पहाडी बाटोमा भएको उक्त रेस २ घण्टा ४९ मिनेटमा पार गर्दै ओखलढुंगाकि लाक्पा निङ्मा शेर्पा दोस्रो र २घण्टा ५८ मिनेटमा पार गर्दै सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङ तेस्रो भएकी हुन् । यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी रेसमा महिलातर्फ मञ्जु रावतले २ घण्टा ५२ मिनेटमा पार गरेकी थिइन् । आज सम्पन्न रेसमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन्…
Read More
आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्दो

आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्दो

चौतारा/ कुनै बेला ओझेलमा परेको आयुर्वेद उपचार विधिप्रति पछिल्लो चरणमा भने बिरामीहरूको आकर्षण बढ्न थालेको छ ।आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेपछि सन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीको भीड लागेको हो । पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्र बिरामीको आकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो । आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि चौतारामा भने केही समय देखी आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ ।चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २१ हजार २ सय ४७ जना सेवाग्राहीले चिकित्सालयबाट विविध स्वास्थ्य सेवा लिएको…
Read More
नगरसभापछि प्रशन्न देखिएका मेयर सापकोटा

नगरसभापछि प्रशन्न देखिएका मेयर सापकोटा

जिल्लाको १२ स्थानीय तहमध्ये राजनीतिको केन्द्रमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आइतबार आर्थिक वर्ष ०८१/०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत ग¥यो । १६ औँ नगरसभामा उपमेयर सीता थापाले लामो भाषण गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सभामा भएका सबै जनप्रतिनिधि, कर्मचारी, पत्रकार र प्रतिनिधिमूलक मानिसले चुपचाप थापाले वाचन गरेको दस्तावेज सुनिरहे । बिगतभन्दा नगरसभा शान्त र आसावादी देखिन्थ्यो । किनकि, सबै जनप्रतिनिधि नीति तथा कार्यक्रमबाट सन्तुष्ट र एकमना एकतासहित सहभागी भएजस्तो देखिन्थे । नगरप्रमुख कृष्णप्रसाद सापकोटा प्रशन्न मुद्रामा थिए । सायद, उनको स्वच्छता, पारदर्शिता र केही गरौँ भन्ने हुट्हुटीमा सहयात्री उपप्रमुख, वडाध्यक्षहरु, सबै सदस्य र कर्मचारी एउटै डुंगा…
Read More
तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामा

तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामा

चौतारा । जर्सी न ३५ का खेलाडी नविन श्रेष्ठले गरेको एक गोल नै निर्णायक गोल बन्दै अन्तत चौतारामा जारी तेस्रो लयान्स कप २०८१ को उपाधी स्पोर्टिङ क्लब चौताराले जीत्न सफल भएको छ । खेलको अधिकाँशस समय प्रतिस्पर्धी टिम बैंक तथा वित्तिय संस्थालाई दवावमा राख्न सफल भए पनि थप गोल भने क्लबले गर्न सकेन । खेल प्रारम्भ भएदेखि नै रक्षात्क देखिएको बैंकर्सको तर्फबाट गरेका प्रहारहरु चुक्न थालेपछि अन्तत स्पोर्टिङ क्लबले यो वर्षको उपाधी जित्न सफल भएको हो । यदपी खेल बडो रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको महसुस सबैले गरे लायन्स क्लब अफ काठाण्डौ सिन्धु चौतारा सिटी आयोजक रहेको यो मैत्रीपूर्ण फुटबलको तेस्रो…
Read More

बाग्मतीमा सत्तापक्ष र विपक्षी दलबीच पाँच बुँदे सहमति

७ असार ,काठमाण्डाै । बाग्मती प्रदेशमा सत्तापक्ष र विपक्षी दलबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै प्रदेश सभाको अवरोध हटेको छ । नेपाली कांग्रेससहित विपक्षी दलहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठकमा निरन्तर अवरोध गरेपछि आज सरकार र असन्तुष्ट विपक्षी दलबीच पाँच बुँदे सहमति भएको हो । प्रतिपक्ष दलले बजेटमा उठाएको असहमतिलाई सम्बोधन गर्ने, प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने, कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्ने लगायत सहमति भएको छ । सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्णप्रसाद खनाल, प्रतिपक्षको तर्फबाट बहादुरसिंह लामा तामाङ र…
Read More
आत्मनिर्भर बन्दै सिन्धुपाल्चोकका महिलाहरु

आत्मनिर्भर बन्दै सिन्धुपाल्चोकका महिलाहरु

सिन्धुपाल्चोक । निरुता श्रेष्ठ- सधै चुलाचौका, मेलापातमा मात्र व्यस्त रहने यहाँका महिलाहरु पछिल्लो चरण आयअर्जनमा जोडिन थालेका छन् । आयआर्जनमा जोडिन थालेपछि सिन्धुपाल्चोकका महिलाहरु आत्मनिर्भ बन्न थालेका हुन् ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका महिलाहरु यतिखेर मकैको खोस्टाबाट मनग्गे आम्दानी गर्न थालेका छन् । महिलाहरुले मकैको खोस्टाबाट टोपी र ब्याग बनाउने सीप हासिल गरेपछि अहिले उनीहरुको व्यस्तता चुलिएको मात्र छैन, खेरो जाने स्थानीय स्रोतको प्रयोग गर्दै आत्मनिर्भर पनि बन्न थालेका हुन् । मकैको खोस्टाबाट टोपी ब्याक बुन्ने १ महिने तालिम लिएपछि उनीहरुले सो तालिमलाई कार्यान्वयन गर्दै आम्दानी गर्न थालेको इन्द्रावती गाउँपालिका वडा न ४ की मनमायाँ थापाले बताइन् । हिजोको जस्तै दुई पैसाको…
Read More
सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिद्वारा एक बर्षको प्रगति विवरण सार्वजनिक

सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिद्वारा एक बर्षको प्रगति विवरण सार्वजनिक

११ मंसिर, चौतारा । जिल्लाबाट संघीय संसद र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक बर्षको उपलब्धि सार्वजनिक गरेका छन् । गत बर्ष मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल सरद, सरल सहयात्री पौडेल र समानुपातीकतर्फ निर्वाचित आमृता नेपालले चौतारामा पत्रकार सम्मेलन गरी उपलब्धि एवं कार्यप्रगति सार्वजनिक गरेका हुन् । संघीय सांसद सापकोटाले जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र बुझेको दिन पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै निर्वाचित गराउने मतदातालाई स्मरण गरे । निर्वाचनका बेला जारी गरिएको प्रतिवद्धता अनुसार प्रगति विवरण सार्वजनिक गरिएको बताउँदै उनले संघीय संसदका…
Read More
जुगल ५ वाङ्गुजेमा बिद्यालय भबन निर्माण हुदै

जुगल ५ वाङ्गुजेमा बिद्यालय भबन निर्माण हुदै

चनौटे/ सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ५ वाङ्गुजेमा नयाँ विद्यालय भवन निर्माणका कार्य थालनि गरिएको छ ।जुगल गाउँपालिकाले विद्यालय संचालन गर्न अनुमती दिए संगै व्यक्तिको घरमा विद्यालय संचालन हुदै आइरहेकोमा स्थानिय समाजसेवी चमारसिंह तामाङले १ रोपनी जग्गा विद्यालय भवन निर्माणको लागि दिएका थिए भने ७ आना विद्यालयले किनेकाे हाे । विद्यायल निर्माणको लागि जग्गा भएपछि सामाजिक संस्थाहरु लोक शान्ति फाउन्डेसन र ग्लो नेपालको आर्थिक सहयोगमा ३ कोठाको विद्यालय भवन वन्न लागेको विद्यालयका संस्थापक अध्यक्ष सोम छिरिङ तामाङले वताए । बिगत लामो समय देखिको पहल र प्रयास पश्चत भबन बन्न लागेकाेमा स्थानिय मानिसहरुले खुशी व्यक्त गरेका छन् । उक्त ठाउँका वालवालिकाहरु…
Read More
ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने

ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने

१३ कात्तिक, काठमाडौं । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको केन्द्रका एक अधिकारीले बताए । ‘ट्राफिकले जाँचका क्रममा कारवाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्सले काम गर्दैन,’ एक अधिकारीले भने,‘तर, सक्कल लाइसेन्स नबोकेको अवस्थामा देखाउनका लागि मात्रै हो भने नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि हुन्छ ।’ सरकारले नागरिक एपमै दर्ता भएका सवारी…
Read More
बागमती सरकारले दियो संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

बागमती सरकारले दियो संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

१३ कात्तिक, काठमाडौं । संघीय सरकारले बनाएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको छ । संघीय संसदबाट पारित भएको उक्त ऐनमा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन गर्ने निकाय शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण संघीय सरकार अन्तर्गत राख्ने व्यवस्था छ । संविधानमा नै यातायात व्यवस्थासम्बन्धी अधिकार प्रदेश सरकारलाई रहेकाले उक्त प्राधिकरण आफू मातहत हुनुपर्ने बागमती सरकारको दाबी छ । बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गरेका छन् । संविधानसँग बाझिएका ऐन खारेजीको माग राखेर दिएका निवेदनहरु सोझै संवैधानिक इजलासमा सुनुवाइ हुने व्यवस्था…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.