Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पर्सामा हैजाविरुद्धको खोप अभियान

पर्सामा हैजाविरुद्धको खोप अभियान

मकवानपुर ।सरकारले आइतबार (असोज २६ गते ) देखि पर्सा जिल्लामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आइतबारदेखि जिल्लाको सबै पालिकामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको जानकारी दिनुभयो । यो खोप एक वर्षमाथिका सबैलाई दिइने उहाँको भनाइ छ । यो अभियानमा खोप एक पटक खुवाइने छ । खोप सुरक्षित भएकाले ढुक्क भएर खान उहाँको आग्रह छ । खोपबारेमा थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह सकिन्छ । त्यस्तै, सरकारले असोज २८ गतेदेखि बारा जिल्लाका ६ वटा…
Read More
शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

मकवानपुर । शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहोरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहोरलाई छुट्याएर राख्छन् । केन्द्रमा सङ्कलित फोहोरलाई वर्गीकरण गरेपछि कुहिने फोेहोरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहोरलाई कबाडीमा बिक्री गरिन्छ । रु ३० करोड २५ लाख लगानीमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब छ मेट्रिकटन क्षमता भएको केन्द्रमा अहिले दैनिक दुईदेखि तीन मेट्रिकटन मात्रै फोहोर सङ्कलन भइरहेको एकीकृत फोहोर व्यवस्थापन केन्द्रका इन्जिनियर जयन्त भट्टले जानकारी दिनुभयो…
Read More
आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

मकवानपुर ।आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । आइतबार अपरान्ह ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका छन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
Read More
फूल किसानको गुनासो : उचित मूल्य पाएनौं, सरकारले तोकिदेओस्

फूल किसानको गुनासो : उचित मूल्य पाएनौं, सरकारले तोकिदेओस्

मकवानपुर । नेपाली किसानहरुले मखमली फूलको मालाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । साथै उनीहरुले मूल्य निर्धारण गरिदिन पनि माग गरेका छन् । भक्तपुर गुण्डुका किसान सहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको बताए । पछिल्लो तीनरचार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ। ‘१० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुन्छ,’ उनले भने । गुण्डुकै किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको उचित मूल्य नपाएको बताइन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएको बताउने थापाले…
Read More
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उहाँ अस्पतालमा भर्ना हुनुभएकामा उहाँको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज हुनुभएको हो ।
Read More
गुल्मीमा जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता

गुल्मीमा जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता

मकवानपुर । निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएपछि जिल्ला-जिल्लामा अभियान चलिरहेको छ । गुल्मीमा नागरिकको सहजताका लागि निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा दसैँपछि सेवाग्राहीको अत्यधिक भिड छ । प्रशासन आएका नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीमा नाम दर्ताको काम एकै ठाउँबाट हुने भएकाले एउटा दर्ता स्टेसन राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेल जानकारी दिनुभयो । प्रशासन कार्यालयबाट २४ गते ३७ र २५ गते ४५ जनाले मतदाता नामावलीमा आफ्नो विवरण दर्ता गराएका छन् । निर्वाचन…
Read More
एमाले सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तय हुनसक्ने

एमाले सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तय हुनसक्ने

मकवानपुर । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु भक्तपुरमा सुरु भएको बैठकमा आज सचिवालका बाँकी सदस्यहरूले धारणा राख्नु हुने छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार आजको बैठकमा बोल्न बाँकी रहनुभएका सचिवालय सदस्यहरुले धारणा राख्नुहुने छ । यसअघि शुक्रबार बसेको बैठकमा अध्यक्षसहित ९ जना सदस्यहरूले धारणा राख्नुभएको थियो । आजको बैठकमा नेताहरूले धारणा राख्नेक्रम सकिएपछि बैठकले ठोस निर्णय गर्ने उपाध्यक्ष शाक्यले बताउनुभयो । उहाँका अनुसार आजको बैठकले पार्टीको महाधिवेशन र त्यसको मिति तय गर्ने विषयमा निर्णय गर्न सक्ने सम्भावना छ । जेनजी आन्दोलनपछि फेरिएको नेपाली राजनीतिक परिदृष्यका कारण दलहरूमा नयाँ नेतृत्वको…
Read More
डेङ्गुबाट पाँच हजार ८७४ जना सङ्क्रमित, चारको मृत्यु

डेङ्गुबाट पाँच हजार ८७४ जना सङ्क्रमित, चारको मृत्यु

मकवानपुर । डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही समयमा देशका ७५ जिल्लाबाट पाँच हजार ८७४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गुु सङ्क्रमण पुष्टि भएको छैन । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ । गण्डकी प्रदेशमा एक हजार ५०२ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा एक हजार ३८०, कोशीमा ८०३, लुम्बिनीमा ९९१, सुदूरपश्चिममा ६८४, कर्णालीमा ३९० र मधेशमा १२४ जनामा डेङ्गु…
Read More
मुस्ताङ घुम्न जानेको रोजाइ हिमाली पोशाक

मुस्ताङ घुम्न जानेको रोजाइ हिमाली पोशाक

मकवानपुर । मुस्ताङ घुम्न आउनुभएकी तिलु रानाले परिवारका सदस्ये हिमाली भेगको पोसाक बख्खु लगाएर तस्बिर, भिडियो खिच्ने खिचेको १५ सय रूपियाँ तिर्नुभयो । दसैँ तिहारको बिदामा परिवारसँगै मुस्ताङको भ्रमणमा निस्किनुभएका प्रेम सेञ्चुरीले १ सय ५० रूपियाँ शुल्क तिरेर याकको डमीमा चढेर तस्विर खिचाउनुभयो । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने स्वदेशी पर्यटकहरूले गल्लीमा हिमाली भेगको पोशाकमा सजिएर तस्बिर, भिडियो बनाउँदै सामाजिक सञ्जाल, टिकटकमा राख्ने गर्छन् । एक पटक बख्खु लगाएको २ सय देखि ३ सय रुपियाँ भाडा तिर्नुपर्छ । समुहमा आउनेलाई स्थानीय व्यवसायीले समेत छुट दिने गरेका छन् । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत जोमसोम, मुक्तिनाथ र उपल्लो मुस्ताङ…
Read More
अस्थायी र करार सेवाका कर्मचारी हटाउँदै पालिका

अस्थायी र करार सेवाका कर्मचारी हटाउँदै पालिका

मकवानपुर । धनकुटाका दुई पालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ । महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेका हुन् । महालक्ष्मी नगरपालिकाले शुक्रबार र छथरजोरपाटी गाउँपालिकाले विज्ञप्ति निकाल्दै कर्मचारी हटाउने निर्णय गरेको जनाएका छन् । छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार कार्य सम्झौता खारेज भएको छ । त्यस्तै, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार आउँदो कात्तिक १ गतेदेखि सम्झौता खारेज हुने जनाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.