Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
बाँकेमा  थप चार सय १५  मतदाता थपिए

बाँकेमा थप चार सय १५ मतदाता थपिए

मकवानपुर । बाँकेमा विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु भएपछि हालसम्मको अवधिमा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार असोज महिनाको पहिलो सातादेखि सुरु भएको विशेष नामावली सङ्कलनमा हालसम्म सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ताका छन् । उहाँले भन्नुभयो, ‘नामावली सङ्कलन दैनिक रूपमा बढ्दै गएको छ । त्यसमा पनि ३५ वर्ष मुनिका उमेर समूहका व्यक्तिहरूको सहभागिता बढी छ ।’ निर्वाचन कार्यालयले असोज ६ गतेदेखि स्थानीय तहहरूलाई पत्राचार गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य अघि बढाएको हो । कार्यालयले नागरिकता…
Read More
रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध

मकवानपुर । गुल्मीको रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध भएको छ। यस जिल्लाको सत्यवती गाउँपालिका वडा ६, बोटेगाँउिस्थित रुद्रवेणी-वामीटक्सार सडक खण्डमा सुख्खा पहिरोको खस्द सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यस सडक खण्डमा सडक माथिबाट रूख सहितको सुख्खा पहिरो खस्न गई बाटो पुर्णरुपमा अवरोध भएको हो। पहिरो खसेको खबर प्राप्त हुनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय जोहाङ गुल्मीबाट प्रहरी नायब निरीक्षक नरेन्द्र वि.क.को कमाण्डमा प्रहरी टोली खटिएको छ। स्थानीय सरकार, स्थानीय मानिसहरू, सवारी संचालकहरु, यात्रुहरु समेतको सहकार्यमा पहिरो हटाउने कार्य भैरहेको छ। एकतर्फी सडक सञ्चालन भएका छन् ।
Read More
वन खाएको पुतलीले कृषिमा समेत असर पुर्‍याउने जोखिम

वन खाएको पुतलीले कृषिमा समेत असर पुर्‍याउने जोखिम

मकवानपुर । बबई गाउँपालिकाभित्र रहेका सामुदायिक वनमा पुतलीले ठुलो क्षति पुर्‍याएको वरपरमा लगाइएको कृषि बालीमासमेत असर पुर्‍याउने जोखिम बढेको छ । बबई गाउँपालिकाभित्र रहेका पदमपुर, चित्तलगैरा, पूर्व हापुरे, सीम गैरा, खयरभट्टी, बाघदैला, पानीसवालगायतका सामुदायिक वनमा पुतलीले करिब ११ सय हेक्टर क्षेत्रफलमा रहेका लाथ्रा, बल्लाबल्ली, खावा, बुट्यानसमेत खाएर नष्ट गरेको छ । पुरन्धारा सवडिभिजन वन कार्यालय पूर्व हापुरेका प्रमुख वरिष्ठ वन अधिकृत खिमबहादुर केसीले मौसम परिवर्तन भएसँगै महुत प्रजातिको पुतलीले रुखको डाँठ, हाँगामा देखिने हरियो, चम्किलो अण्डा खसालेर नष्ट गर्ने कामको सुरुवात गर्र्न थालिएको बताउनुभयो । उहाँले जैविकरूपमा पानीको फोहोरा, चिप्लो पट्टी प्रयोग गरेर वयस्क मौथ, प्यूवा हटाइने बताउनुभयो । केसीका…
Read More
जुम्लामा मार्सी धान काट्न सुरु

जुम्लामा मार्सी धान काट्न सुरु

मकवानपुर । जुम्लामा किसानहरूले ‘मार्सी धान’ काट्न सुरू गरेका छन् । दसैँ सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो सुरु भएको हो । जुम्लाका किसान मार्सी धान, सिमी भित्र्याउने काममा व्यस्त भएका छन् । पाकिसकेको धान समयमा नकाटेपछि झर्ने र गाईवस्तुले खाने डरले किसान अहिले खेतबारीमा भेटिन थालेका छन् । खलङ्गाको छिनासिम, देपालगाउँ, विमानस्थल क्षेत्र, सिँजा क्षेत्रका ज्युलोमा धान काट्ने काम सुरु भएको छ । यता चन्दननाथ नगरपालिका–४ सिंगाचौरका किसान श्री बहादुर सार्कीले काट्न सुरु गरिएको जानकारी दिनुभयो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जिल्लाका अधिकांश स्थानमा मार्सी धान काट्न सुरु गरिएको जानकारी दिनुभयो । स्थानीय तहमा मार्सी धान…
Read More
सार्वजनिक स्थलमा पैसा माग्नेका कारण यात्रुलाई असहज

सार्वजनिक स्थलमा पैसा माग्नेका कारण यात्रुलाई असहज

मकवानपुर । बाँकेको नेपालगन्जका विभिन्न सार्वजनिक स्थलमा पैसा माग्ने ९मागेर जीविका चलाउने०का कारण दैनिक यात्रा गर्ने यात्रुहरुलाई असहज भएको छ । नेपालगन्जको वडा नम्बर १ मा पर्ने धम्बोझी चोक, पुष्पलाल चोकलगायतका अत्यन्त व्यस्त सडकका चोकहरुमा कटौरा लिएर माग्दै हिँड्नेहरुका कारण दैनिकरुपमा यात्रा गर्ने यात्रुहरुलाई असहल हुँदै गएको हो । धम्बोझी चोकनजिक छोटो दूरीका गाडी लाग्ने स्थान तथा पुष्पलाल चोकस्थित छोटो तथा लामो दूरीका गाडी लाग्ने स्थानहरुमा जबरजस्ती पैसा माग्नेहरुले पैदल यात्रा गर्ने यात्रु, रिक्सामा यात्रा गर्ने यात्रु तथा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुसँग जबरजस्ती रुपियाँ पैसा मागेर हैरान बनाउँदै आएका छन् । प्रायः गरेर महिला तथा बालबालिकाहरु हातमा कटौरा लिएर…
Read More
लौकही नाकाबाट तीन लाखको पटका बरामद

लौकही नाकाबाट तीन लाखको पटका बरामद

मकवानपुर । सुनसरीको कोशी गाउँपालिका– १ लौकही सीमा नाकाबाट सशस्त्र प्रहरीले तीन लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ । आइतबार बिहान करिब ९ बजे सीमा नाका हुँदै लुकाएर ल्याएको अवस्थामा सशस्त्र प्रहरी लौकहीले पटका बरामद गरिएको हो । बरामद भएको पटकालाई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका प्रमुख प्रहरी निरीक्षक मनीष कटुवालले जानकारी दिनुभयो । सशस्त्र प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा पटका फेला पारेको थियो । विभिन्न १७ प्रकारका पटकाको अनुमानित मूल्य तीन लाखभन्दा बढी रहेको सशस्त्र उपरिक्षक केदारजङ्ग थापाले जानकारी दिनुभएको छ…
Read More
सुन महँगियो, तोलामा तीन हजारले  बढ्यो

सुन महँगियो, तोलामा तीन हजारले बढ्यो

मकवानपुर । गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आइतबार तीन हजारले बढेर दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ मा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Read More
इलामको सूर्योदयका सबै कर्मचारीको एक दिनको तलब बाढीपीडितलाई

इलामको सूर्योदयका सबै कर्मचारीको एक दिनको तलब बाढीपीडितलाई

मकवानपुर । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाइसकेको छ । नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाखका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपद् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो । नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, वडा कर्मचारी र स्वास्थ्यकर्मीले एक दिनको तलब बराबरको रकम…
Read More
दोसीखोलामा जिप दुर्घटना

दोसीखोलामा जिप दुर्घटना

मकवानपुर । चङ्खेली गाउँपालिका– ४ को देसीखोलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो । मृत्यु हुनेमा समकोट गाउँपालिका– ८ को स्याँडा गाउँकी दुई वर्षीया बालिका जागृति रोकाया रहेको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । यसअघि शुक्रबार उक्त दुर्घटनामा परि तीन जनाको मृत्यु भइरहेको छ । मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ का वर्ष वर्षीया मनवीर बुढा, उहाँको दुई वर्षीय छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका–८ की २६ वर्षीया वसन्ती रोकाया छन् । यसैगरी, दुर्घटनामा परी घाइते भएका तीन जनाको प्रदेश अस्पताल…
Read More
वीरगञ्ज भन्सारमार्फत पेट्रोलियमबाट ठूलो परिमाणमा राजस्व संकलन

वीरगञ्ज भन्सारमार्फत पेट्रोलियमबाट ठूलो परिमाणमा राजस्व संकलन

मकवानपुर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु. ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा रु. २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिनुभयो । “यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.