२०८२ आश्विन १०, शुक्रबार ०७:०८
२०८२ आश्विन १०, शुक्रबार ०७:०८
मकवानपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलाएर मुलुकलाई गतिहीन बनाउने प्रयास भइरहेको बताउनुभएको छ । मुलुकलाई गन्तव्यहीन बाटोमा लैजान खोज्नेहरुप्रति सचेत रहन उहाँले आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँग भक्तपुर गुन्डुस्थित निवासमा अध्यक्ष ओलीले छलफल गदैै सो कुरा बताउनुभएको हो । ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो रु यसलाई आम पार्टी पङ्ति लोकतान्त्रिक शक्तिले खबरदारी गर्न म अपील गर्छु।’ राजनीतिक दलको झण्डा देश बचाउनका लागि उठाइने भएकाले दलबिहीन अवस्थाले मुलुकलाई हित नगर्ने भन्दै उहाँले थप्नुभयो, ‘विवेक शून्य, क्षतिग्रस्त…