Alag Dhar

हेटौँडाबाट १२ वर्षीय बालक बेपत्ता

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–८ कमानेबाट एक बालक बेपत्ता हुनुभएको छ । मकवानपुरगढी गाउँपालिका–७ कुसौरा घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमानेमा कोठा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले बिहीबार बिहानबाट सम्पर्कविहीन हुनुभएको हो ।

गहुँगोरो वर्ण, अन्दाजी ४ फिट उचाइ र पातलो शरीर हुलिया भएका बालक बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । छोरा हराएपछि उहाँका बाबु विशाल गोलेले प्रहरीमा खोजतलासका लागि पुग्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार बालक सुस्त मनस्थितिका रहेका थिए । घरबाट आफ्नो बुबासँग कापी च्यातेको विषयमा सामान्य विवाद भई निस्केर हिँडेको, आफ्नो आफन्त नाता गोता कोही कसैकोमा नपुगेको र घरमा फर्की नआएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बालक हराई सम्पर्कविहीन भएपछि खोजतलासका लागि बालकका बाबुले जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोलमा आएर मौखिक जानकारी गराउनुभएको थियो । सम्पर्कविहीन बालकको खोजतलासका लागि अस्थायी प्रहरी पोस्ट हरियाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर राईको नेतृत्वको टोलीले आफन्तसँग समन्वय गरी खोजतलास कार्य गरिरहेको छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.