२०८२ पुष ७, सोमबार ०५:३६
२०८२ पुष ७, सोमबार ०५:३६
मकवानपुर । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानएको छ । आगलागी हुँदा घरभित्रै रहेकी दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जन आगलागीमा परेको र आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । आगलागीमा ससुरा…