Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पूर्वप्रधानमन्त्री हसिनाको मानवता विरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

पूर्वप्रधानमन्त्री हसिनाको मानवता विरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

मकवानपुर । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ ९आगामी मङ्सिर १ गते० मा सुनाउने भएका छन् । मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकारलाई जानकारी गराउँदै अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताउनुभयो । ७८ वर्षीया शेख हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप लागेको छ । उहाँले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गर्नु भएको छ । “कानूनअनुसार न्याय हुने छ”, अभियोजक इस्लामले भन्नुभयो, “हामी लामो यात्रापछि अन्तिम चरणमा पुगेका छौँ, अदालतले १७ तारिखमा फैसला सुनाउने छ ।” गत…
Read More
क्रियाशील  पत्रकारहरूलाई मल्टिमिडिया तालिम

क्रियाशील पत्रकारहरूलाई मल्टिमिडिया तालिम

मकवानपुर । बागलुङका क्रियाशील पत्रकारहरूका लागि दुई दिने मल्टिमिडिया सम्बन्धी तालिम बुधबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा सुरु भएको मल्टिमिडिया पत्रकारिता तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दी भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार भएको बताउनुभयो । उहाँले प्रविधिमा अब्बल पत्रकार नै आजको दिनमा टिक्न सक्ने भन्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरूलाई पत्रकारितामा थप सघाउने बताउनुभयो । “सुरुमा मोबाइलबाट कसरी पत्रकारिता हुन्छ भन्ने गर्दथ्यैं, जमाना एआईको आइसक्यो, स्थलगत रूपमा नै समाचार दिन नसके अहिलेको जमनामा धेरै ढिला भइसक्छ” भण्डारीले भन्नुभयो “प्रेस…
Read More
एकै दिनमा थपिए ३० हजार बढी नयाँ मतदाता, नाम दर्ताको म्याद अब मात्र ३ दिन

एकै दिनमा थपिए ३० हजार बढी नयाँ मतदाता, नाम दर्ताको म्याद अब मात्र ३ दिन

मकवानपुर । बुधबार एकै दिन ३० हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार बुधबार राति ८ बजेसम्म थपिएका नयाँ मतदाताको संख्या २ लाख ३९ हजार ९४० जना रहेको छ । यसमा बुधबार मात्रै थपिनेको संख्या ३० हजार ३७३ जना रहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । यसअनुसार अब नाम दर्ताको म्याद तीन दिन मात्र बाँकी छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ । पछिल्ला केही दिन अझ मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले…
Read More
भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

मकवानपुर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ । यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन । सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको विस्फोटमा आठ जनाको मृत्यु र कैयौँ घाइते भएका थिए । अनुसन्धानका क्रममा बुधबार अधिकारीहरूले विवादित काश्मीर क्षेत्रका विभिन्न भागबाट केही सन्दिग्धलाई पक्राउ गरेको जनाएका छन् । भारत सरकारले मङ्गलबारदेखि नै यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधि मानेर अनुसन्धान सुरु गरेको हो, जसअन्तर्गत अधिकारीहरूलाई व्यापक कानूनी अधिकार प्राप्त भएको छ । बुधबार राति मन्त्रिपरिषद्ले पारित गरेको प्रस्तावमा सो घटनालाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको जघन्य आतङ्ककारी…
Read More
सेयर बजारको सेरोफेरो

सेयर बजारको सेरोफेरो

मकवानपुर । भाइबहिनीहरू, सेयर भन्ने शब्द सुन्नुभएको छ रु मानिलिऊँ तपाईंको बुवाले कुनै चकलेट कम्पनी खोल्नुभयो । त्यो कम्पनीमा १० लाख रुपियाँ लगानी गर्नुपर्ने भयो तर तपाईंका बुवाले लगानी गर्दा पनि सात लाख रुपियाँभन्दा बढी जम्मा हुन सकेन । उहाँले आफ्नो फ्याक्ट्रीलाई ‘पब्लिक लिमिटेड कम्पनी’ भनेर दर्ता गर्नुभयो । यसको अर्थ हो यो कम्पनीमा अब जोसुकैले पनि आर्थिक लगानी गर्न सक्छन् । त्यसपछि बुवाले बाँकी तीन लाख रुपियाँलाई एक सयरएक सय रुपियाँका ससाना टुक्रामा बाँडिदिनुभयो । यी एक सय रुपियाँका टुक्रालाई नै सेयर भनिन्छ । अब एक सय रुपियाँको एउटा टुक्रालाई ‘एक कित्ता सेयर’ भनिन्छ । यसरी सबै मानिसले आर्थिक लगानी गर्न सक्ने गरी कम्पनीको टुक्रा बेच्न राख्ने…
Read More
झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन गर्यो मुस्ताङ भन्सारले

झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन गर्यो मुस्ताङ भन्सारले

मकवानपुर । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन गरेको छ । अत्यधिक चिसोसँगै कोरला नाका आसपासका क्षेत्रमा हिमपात भए पनि चीनबाट आयात गरिएका समान धमाधम आउन थालेपछि कात्तिक २५ गतेसम्म तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रूपियाँ राजस्व सङ्कलन भएको हो । भन्सार कार्यालय प्रमुख रमेश खड्काले चिसोसँगै सवारीसाधनमा ढुवानीमा समस्या भए पनि भन्सार कार्यालयले आयात, निर्यात भइरहेको बताउनुभयो । भन्सार प्रमुख खड्काले भन्नुभयो, ‘‘भन्सार कार्यालयमा रोकिएका मालबाहक सवारीसाधन जाँचपास समेत भइरहेको छ, सडकमा जमेको हिउँ पन्छाउँदै भए पनि ढुवानीको काम भइरहेको छ ।’’ भन्सार कार्यालयले भदौ महिनाको ३०…
Read More
यस वर्ष हुम्लामा  एक करोडभन्दा बढीको स्याउ बिक्री

यस वर्ष हुम्लामा एक करोडभन्दा बढीको स्याउ बिक्री

मकवानपुर । हिमाली जिल्ला हुम्लाबाट यस वर्ष एक करोडभन्दा बढीको स्याउ बिक्री भएको छ । यस वर्ष सिमकोट गाउँपालिका– ५ की नीता बोहराले ५० कार्टुन स्याउ बिक्री गरेको बताउनुभयो । दस बोट स्याउबाट उहाँले छ सय ५० केजी स्याउ बिक्री गर्नुभएको हो । गत वर्षभन्दा यस वर्ष कम फलेको भए पनि मूल्य भने प्रतिकेजी ५० रुपियाँमा स्याउ बिक्री भएको उहाँले बताउनुभयो । यसैगरी, चंखेली गाउँपालिका–३ हंस बुढाले आफ्नो र छिमेकीको ७५ क्विन्टल स्याउ खरिद गरेर बिक्री गरेको बताउनुभयो । उहाँले प्रतिकेजी ५० रुपियँमा बिक्री गरेर तीन लाख ७५ हजार रुपियाँ कमाइ भएको बताउनुभयो । यो वर्ष जिल्लाभरि दुई सय सात…
Read More
विद्यार्थीलाई स्वीटर र टोपी वितरण

विद्यार्थीलाई स्वीटर र टोपी वितरण

मकवानपुर । उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ मा रहेको कालरात्री माबि लापुका १५७ जना विद्यार्थीहरुलाई स्वीटर र न्यानो टोपी वितरण गरिएको छ । बिहिबार नेपाल वीइथआउट लिमिटस टिमले न्यानो स्वीटर र टोपी बितरण गरेको धार्चे वडा नम्बर ७ का वडा अध्यक्ष राकेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उत्तरी गोरखाका अधिकांश ठाउँमा मौसमा फेरबदल भएसँगै अत्यधिक मात्रा चिसो बढ्न थालेपछि वीइथआउट लिमिटस टिमसँग समन्वय गरी कालरात्री माबिका विद्यार्थीहरुलाई स्वीटर न्यानो टोपी वितरण गरिएको उहाँले बताउनुभयो । चिसो मौसम सुरु भएसँगै विद्यार्थीहरुलाई विद्यालय आवगमनमा सहजता पु–याउने उद्येश्यले यो सहयोग कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष राकेश…
Read More
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

मकवानपुर । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु. पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु. १७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु. तीन हजार ३४५ मा कारोबार भइरहेको छ । बुधबार एक तोला सुन रु. दुई लाख ४४ हजार ३०० र चाँदी रु. तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।
Read More
आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

मकवानपुर । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.