२०८२ कार्तिक २०, बिहीबार ०६:३०
२०८२ कार्तिक २०, बिहीबार ०६:३०
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले सुरु गरेको मतदाता नामावली दर्ता गराउने सेवाग्राहीको भीड दिनानुदिन बढ्दै गएको छ । राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न व्यस्त भएका छन् । प्रमुख निर्वाचन अधिकृत नवीन चौधरीका अनुसार निर्वाचनसम्बन्धी अध्यादेश असोज १० गते जारी गरेपछि कार्तिक १९ गतेसम्म तनि हजार ८५० जना नयाँ मतदाता थपिएका छन् । ती मध्ये दुई हजार हजार ४३७ पुरुष र एक हजार ४१३ जना महिला गरि तीन हजार ८५० जना नयाँ मतदाता थपिएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक दुई सयदेखि २५० जना…