Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
अन्तर्राष्ट्रिय बागलुङ समाज कपमा : निसीखोला र गलकोटबिच फाइनल खेल हुँदै

अन्तर्राष्ट्रिय बागलुङ समाज कपमा : निसीखोला र गलकोटबिच फाइनल खेल हुँदै

मकवानपुर । बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा गरी निसीखोल गाउँपालिका र गलकोट नगरपालिका फाइनमा खेलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो सेटको सेमिफाइनल खेलमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबिच भएको खेलमा ढोरपाटन नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै निसीखोला फाइनलमा प्रवेश गरेको हो भने अर्को खेल गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाबिच भएको दोस्रो सेटको सेमिफाइनलमा खेलमा काठेखोला गाउँपालिकालाई ३–० सेटले पराजित गर्दै गलकोट नगरपालिका फाइनल खेलमा प्रवेश गरेको हो । आज भएको सेमिफाइनल खेल शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियोे । जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल…
Read More
आजदेखि रङ, बत्ती र रमाइलोको पर्व तिहार सुरु

आजदेखि रङ, बत्ती र रमाइलोको पर्व तिहार सुरु

मकवानपुर । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी…
Read More
राति ९ बजेपछि देउसीभैली नगर्न काठमाडौं प्रशासनको अपिल

राति ९ बजेपछि देउसीभैली नगर्न काठमाडौं प्रशासनको अपिल

मकवानपुर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ । ‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम…
Read More
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

मकवानपुर । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।
Read More
सल्यानमा छ घण्टा विद्युत आपुर्ती बन्द हुने

सल्यानमा छ घण्टा विद्युत आपुर्ती बन्द हुने

मकवानपुर । रुखका हाँगा हटाउने र बिद्युतीय संरचना मर्मतका लागि भन्दै सल्यानमा शनिबार बिद्युत सेवा बन्द गरिने भएको छ । नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले शनिबार छ घण्टा विद्युत आपुर्ती बन्द हुने जनाएको हो । शितलपाटी सबस्टेशन र बागचौर सबस्टेशन सबै फिडरहरु बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म बिद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रले जनाएको छ । सल्यान वितरण केन्द्र अन्तर्गत तुलसीपुर देखि शितलपाटी र शितलपाटी देखि थारमारे ३३ के।भि। प्रशारण लाईन वरपर रहेका रुखका हागाहरु काट्नका लागि सो अवधिमा बिद्युत सेवा बन्द गरिने भएको हो । साथै त्रिवेणी, ५ सल्लेखोलामा ३३ के।भि। लाइन होचो भएकोले जोखिम न्यूनिकरण गर्न…
Read More
दसैँपछि अलैँचीको मूल्य वृद्धि

दसैँपछि अलैँचीको मूल्य वृद्धि

मकवानपुर ।ताप्लेजुङमा खोल्सीको कालो सुनको नामले परिचित अलैँचीको मूल्य दसैँपछि वृद्धि हुँदै आएको छ । दसैँपछि प्रतिमन (४० किलोग्राम) पाँच सय र एकहजार रुपियाँको दरले अलैँचीको मूल्य वृद्धि भइरहेको हो । निरन्तर मूल्य वृद्धिको क्रमसँगै शुक्रबार सम्ममा सदरमुकाम फुङ्लिङ बजारमा चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन ८५ हजार रुपियाँ पुगेको छ । फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार शुक्रबार अलैँची प्रतिमन ८५ हजार रुपियाँले कारोबार भएको छ । पछिल्लो चार÷पाँच दिनयता अलैँचीको मूल्य दैनिक एक हजार रुपियाँका दरले वृद्धि हुँदै आएको र मनको ८५ हजार रुपियाँ पुगेको व्यवसायी बरालले बताउनुभो । उहाँकाअनुसार ठूलो दाना भएको गुणस्तरीय अलैँचीको मूल्य भने प्रतिमन ९०…
Read More
नेपाल सामोआविरुद्ध पहिले ब्याटिङ गर्दै

नेपाल सामोआविरुद्ध पहिले ब्याटिङ गर्दै

मकवानपुर । आइसिसी टी–२० विश्वकपएसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दैछ । अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । नेपालले सुपर सिक्सको दुई खेल अगावै छनोट यात्रा तय गरेको थियो । आज सामोआलाई हराएमा नेपालले शीर्षस्थानमा रहँदै छनोट खेलको ट्रफी जित्नेछ । नेपाल यस प्रतियोगितामा समूह चरणदेखि नै अपराजित रहेको छ । नेपाल सोही लयलाई कायम राख्दै छनोटको पहिलो उपाधि जित्ने अभियानमा छ । यता सामोआ सुपर सिक्समा सान्त्वना जित निकाल्दै छनोट यात्रा सुखद् अन्त्य गर्न चाहन्छ ।
Read More
काउलेडाँडा आन्तरिक पर्यटकको रोजाइमा

काउलेडाँडा आन्तरिक पर्यटकको रोजाइमा

मकवानपुर । चारैतिर अम्रिसोले ढाकिएको हरियाली डाँडा । जहाँबाट देखिन्छ उत्तरका हिमश्रङ्खलादेखि दक्षिण तराईका समथर भु–भाग । यही दृश्यले यतिबेला आन्तरिक पर्यटकलाई आकर्षिक गरिरहेको छ । १५ वर्षअघि सम्म वनमाराले ढाकिएको निस्दी गाउँपालिका–३ झिरुवास स्थित काउलेडाँडा आन्तरिक पर्यटकको आकर्षण बनेको हो । काउलेडाँडा क्षेत्रको खाली जग्गा कबुलियति वनमा दर्ता गरी स्थानीयको सक्रियतामा अम्रिसो लगाए संगै काउले डाँडा कवुलयति वनले मुहार फेरेको हो । साथै पूर्वी इलामको चिया बगानको झल्को मेटाउने वनको रुपमा स्थापित भएको छ । काउलेडाँडा क्षेत्रमा स्थानीयले गरेको मेहेनतको अवलोकन संगै हरियाली डाँडा बाट देखिने उत्तरका हिमाल र तराईका भु–भाग सहितको दृश्य अवलोकन रमाउन विभिन्न स्थान बाट आउने…
Read More
मलेसियामा अपराध दरमा वृद्धि

मलेसियामा अपराध दरमा वृद्धि

मकवानपुर । मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो । मलेसिया तथ्याङ्क विभागले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार, अपराध दर वृद्धिको मुख्य कारण सम्पत्ति सम्बन्धी अपराध हुन्, जसमा चोरी, डकैती, लुटपाट जस्ता घटना पर्दछन् । यी अपराध १२ दशमलव ४ प्रतिशतले वृद्धि भई ४७ हजार १ सय ८८ घटनामा पुगेका छन् । यद्यपि समग्र अपराध दरमा वृद्धि देखिएको भए पनि, हत्यासम्बन्धी घटनामा भने कमी आएको छ । जानबुझी गरी गरिने हत्याका घटना ९दशमलव ५ प्रतिशतले घटेर २ सय ३७ मा सीमित भएको तथ्याङ्कमा…
Read More
मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

मकवानपुर । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउनेसहित विभिन्न २० निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, अमेरिका, बेलायत र जापानकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा ‘मल्टिडोनर ट्रस्ट फण्ड’बाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले इनरुवा-पूर्णिया र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.