२०८२ आश्विन २१, मंगलवार ०५:४१
२०८२ आश्विन २१, मंगलवार ०५:४१
मकवानपुर । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका नौ ठाउँमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कान्ति लोकपथ अन्तर्गत ललितपुरको गोदावरीमा सडक पूर्ण रुपमा अवरुद्ध छ । कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला र मकालु, मेची राजमार्ग अन्तर्गत इलाम र मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको टेम्केमैयुङमा सडक अवरुद्ध छ । पासाङल्हामु सडकखण्ड अन्तर्गत रसुवाको गोसाईंकुण्डमा बन्द भएको सडक पनि खुलेको छैन । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशीमा पनि सडक अवरुद्ध छ । काभ्रेको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन शुरू गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा…