Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति

मकवानपुर । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो । हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको एक नेताले बताए । मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी छ । जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । सो आह्वान अनुसार पाँच दलका…
Read More
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबिच छलफल

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबिच छलफल

मकवानपुर । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी हुनुहुन्छ । पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Read More
मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो । यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको बाग्मती बिएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सिभिल अस्पतालमा मृृत्यु भएको प्रहरीले जनाएको छ ।
Read More
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

मकवानपुर ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ः०० बजे ललितपुरको जावलाखेलमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्ने तीन मिनेटको समय छुट्याइएको प्रमुख गौतमले जानकारी दिनुभयो । बैठकले पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको समय र स्थान तोक्नेछ । यसअघि यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
Read More
नेपाल आज ओमानसँग भिड्दै, जिते विश्वकप यात्रा पक्का

नेपाल आज ओमानसँग भिड्दै, जिते विश्वकप यात्रा पक्का

मकवानपुर । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ । नेपालले यसअघि पहिलो पटक सन् २०२४ मा बङ्गलादेशमा भएको र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्कप खेलेको थियो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८:४५ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कारण राख्न चाहन्छ । जसले छनोटसँगै उपाधि यात्रा समेत सहज बन्नेछ । ठिक यस्तै ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो…
Read More
तिहारमा फूलको मागमा आत्मनिर्भरता : ८७% स्वदेशमै उत्पादन

तिहारमा फूलको मागमा आत्मनिर्भरता : ८७% स्वदेशमै उत्पादन

मकवानपुर ।यस वर्षको तिहार पर्वमा देशभर ४६ लाख २० हजार माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा सयपत्री फूलको मालाको माग ४० लाख, मखमखी फूल पाँच लाख ५० हजार, गोदावरी फूल २० हजार, मिक्स माला ५० हजार गरी देशभर जम्मा ४६ लाख २० हजार फूल माग रहेको छ । एशोसियसनका अध्यक्ष राजेश भक्त श्रेष्ठका अनुसार गत वर्ष ४० लाख सयपत्री फूलको मालाको खपत भएको थियो । गत वर्ष भएको खपत बराबर नै यस वर्ष पनि सयपत्री फूलको बजार माग रहने अनुमान गरिएको उहाँको भनाइ छ । हाल नेपालका सात प्रदेशका विभिन्न क्षेत्रमा व्यवसायिक…
Read More
भियतनामसँग हारेसँगै नेपालको एसिया कप सपना समाप्त

भियतनामसँग हारेसँगै नेपालको एसिया कप सपना समाप्त

मकवानपुर ।एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि भियतनामसँग पराजित भएपछि नेपालको एसिया कप खेल्ने सपना सकिएको छ । भियतनामको थोङ नाट स्टेडियममा मङ्गलबार राति भएको ‘होम म्याच’ मा नेपाल भियतनामसँग १–० गोलले पराजित भयो । भियतनामले नेपालको आत्मघाती गोल सहयोगमा बाजी मारेको हो । पाँचौँ मिनेटमा नेपालका रक्षक सुमन श्रेष्ठबाट बल बचाउने क्रममा आत्मघाती गोल हुन पुगेको थियो । यसअघि बिहीबार खेलिएको पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले पराजित भएको थियो । भियतनामसँगको दोस्रो हारसँगै नेपालको एसिया कप यात्रामा पूर्णविराम लागेको हो । भियतनामविरुद्ध नेपालको दोस्रो लेग नेपालमै हुनुपर्ने थियो । तर काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि…
Read More
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

मकवानपुर । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले तेल अविवस्थित ‘नेशनल सन्टेर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ । मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिका लागि उचित पहल जारी राख्ने जनाएको छ ।…
Read More
विश्व कराते छनोटमा नेपालका चार खेलाडी

विश्व कराते छनोटमा नेपालका चार खेलाडी

मकवानपुर । विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सको पेरिसमा अक्टोबर १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा स्वनिम मानन्धरले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ । महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेश गर्नुहुनेछ । खेलाडीसहित ६ सदस्सीय नेपाली टोली बुधबार फ्रान्स जानेछ । स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने…
Read More
आइसिसी टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

आइसिसी टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

मकवानपुर ।नेपालले आइसिसी टी–२० वरीयतामा एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानमा उक्लिएको हो । नेपाल यसअघि १८औँ स्थानमा थियो । नेपालले वरीयताका लागि ६९९७ अङ्क र १७५ रेटिङ पाएको छ । एसोसिएट देशमा नेपालभन्दा अगाडि नेनेदरल्यान्ड्स १३औँ, स्कटल्यान्ड १४औँ नामिबिया १५औँ र युएई १६औँ स्थानमा रहेको छ । यस्तै भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान क्रमश: शीर्ष १० मा यथावत छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.