Alag Dhar

Day: २०८२ मंसिर ४, बिहीबार १२:१०

खैरो हिरोइनसहित एक पक्राउ

खैरो हिरोइनसहित एक पक्राउ

मकवानपुर । धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खण्डाको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा तीन वटा प्लास्टिकका पोकामा ३१० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्की धनकुटा नगरपालिका –१ स्थित त्रिसुलेस्थित अस्पताल प्लान्टमा काम गर्ने कामदार गर्ने रहेको खुलेको छ । लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उहाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका…
Read More
एनपिएल : लुम्बिनी टस जितेर बलिङ गर्दै

एनपिएल : लुम्बिनी टस जितेर बलिङ गर्दै

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले लुम्बिनी लायन्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ । टस हारेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ । लुम्बनी नेपाली राष्ट्रिय टोलीको समेत कप्तान रहनुभएका रोहित पौडेलको कप्तानीमा छ । यस्तै चितवन कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल खेल्न लागेको लुम्बिनी एनपिएलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यता चितवन लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो ।
Read More
भारत नेपालको भरपर्दो मित्र हो : मन्त्री घिसिङ

भारत नेपालको भरपर्दो मित्र हो : मन्त्री घिसिङ

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले विपद्को समयदेखि विकास निर्माणसम्म भारत एक विश्वसनीय साझेदार रहेको बताएका छन् । उनले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग पुर्याएको बताए । बिहीबार हेटौंडामा आयोजित आपत्कालीन प्रयोगका लागि भारतले दिएको बेली ब्रिज हस्तान्तरण समारोहमा बोल्दै मन्त्री घिसिङले भारतको सहयोगमा निर्मित हुलाकी राजमार्गले तराई क्षेत्रमा यातायातको पहुँच विस्तार गरी लाखौँ नागरिकलाई सेवा र बजारसँग जोडेको बताए । उनले पूर्व–पश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथ निर्माणमा भारतको योगदानले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको बताए ।भारतीय एक्जिम बैंकमार्फत विस्तारित उदार ऋण सुविधाहरू अन्तर्गत सञ्चालित सडक तथा…
Read More
सुरक्षा परिषद् बैठक जारी

सुरक्षा परिषद् बैठक जारी

मकवानपुर । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो । आज पुनस् अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय…
Read More
सिमरा अपडेट: वार्तामा बस्नुअघि सडकमा जेनजीको छलफल

सिमरा अपडेट: वार्तामा बस्नुअघि सडकमा जेनजीको छलफल

मकवानपुर । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो । प्रशासनको आह्वानपछि के गर्ने भन्नेबारे निर्णय गर्न आन्दोलनरत युवाहरू सिमरा चोकस्थित मुख्य सडकमै छलफलमा बसेका हुन् । त्यसक्रममा जेनजी अगुवा सम्राट उपाध्यायले जिल्ला प्रशासन कार्यालयबाट आफूहरूलाई कलैयामा रहेको प्रशासन कार्यालयमा बोलाइएको जानकारी गराएका थिए । छलफलमा सहभागीहरूले वार्तामा बस्नुअघि बुधबार जेनजी युवा माथि सबैभन्दा पहिलो मुक्का हान्ने एमालेको युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन् । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जेनजी…
Read More
दाइजो नदिँदा घर निकाला

दाइजो नदिँदा घर निकाला

मकवानपुर । सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल की २२ वर्षीया सुमन कुमारी मण्डलको २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भयो । नयाँ सपना बोकेर नयाँ जिवनको सुरुवात गर्ने उहाँको त्यो सपना साकार हुन सकेन । किनभने विवाह भएको चारदिनमै उहाँ घर निकालामा पर्नुभयो । मागे जति दाइजो नल्याएको निहुँमा उहाँलाई निर्घात कुटपीट गर्दै घर निकाला गरियो । ससुराली पक्षबाट पीडित उहाँ अहिले न्यायका लागि भौतारी रहनुभएको छ । सोही क्रममा राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै सुमनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाइजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर…
Read More
विद्यालयमा दैनिक एक गिलास दूध वितरण

विद्यालयमा दैनिक एक गिलास दूध वितरण

मकवानपुर । म्याग्दीको मंगला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरूलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ । बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मंगला गाउँपालिकाले नमुना घोषणा गरेको छ । ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एकरएक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए । मंगला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष तीन सय ७७ जना बालबालिका छन् । दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी १५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउँछ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन…
Read More
सिमरामा कर्फ्यू जारी, दुई व्यक्ति पक्राउ

सिमरामा कर्फ्यू जारी, दुई व्यक्ति पक्राउ

मकवानपुर । बाराको सिमरा क्षेत्रमा सुरक्षा सम्वेदनशीलता उच्च बनेपछि आज बिहीबार पनि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लागु रहने छ। कर्फ्यू क्षेत्र सिमरालाई केन्द्र मानी उत्तरतर्फ पथलैयासम्म र दक्षिणतर्फ जितपुरको लालका पुलसम्म जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बुधबार सिमरा चोकमा जेनजी समूहका युवाहरू र नेकपा (एमाले) का कार्यकर्ताबिच भएको झडपपछि स्थिति तनावपूर्ण बनेको थियो । सोही घटनालाई लिएर थप अशान्ति फैलिन नदिने उद्देश्यले आज पनि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले स्पष्ट पारेको उहाँले बताउनुभयो। झडपका क्रममा सामान्य हाताहात…
Read More
आज  एनपिएलमा लुम्बिनी र चितवन भिड्दै

आज एनपिएलमा लुम्बिनी र चितवन भिड्दै

मकवानपुर । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो। गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा…
Read More
नेपाल बैँक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

नेपाल बैँक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

मकवानपुर । नेपाल बैँक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैँकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्नुहुँदै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैँकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैँकको उद्देश्य रहेको छ,” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैँकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राख्नुभयो । ठुलीभेरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.