Alag Dhar

सिन्धुपाल्चोकमा १० हजार बढीले लगाए एचपिभी खोप

पाठेघरको मुखको क्यान्सर  बिरुद्धको एचपिभी खोप १०  हजार एक सय १४ जनामा लगाईएको छ । माघ २२ गतेबाट सुरु भएको खोप कार्यक्रम बुधबार सम्पन्न भएको  हो ।

खोप अभियानको नवौँ दिनमा जिल्लाका सबै लक्षित किशोरीहरुमा सेवा प्रदान गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारि दिनुभयो । खोप अभियानको पहिलो दिन चार हजार सात सय ३७ र अन्तिम दिन चार जनाले खोप लगाएका हुन्  ।

जिल्लाभर दुई सय ३ वटा खोप केन्द्रबाट सेवा प्रवाह गरिएको खोप सेवामा  दोस्रो दिन तीन हजार एक सय ७२,  तेस्रो दिन एक हजार चार सय ९९, चौथो दिन चार सय ६७, पाँचौ र सातौ दिन ४५, छैटौँ दिन  ४४ र आठौँ दिन एक सय एक जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककले जानकारि दिएको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको  अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरुलाई खोप कार्यक्रममा सहभागी गराईएको हो । विद्यालय बाहिर रहेका  १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुले खोप सेवा प्राप्त गरेका छन् ।

भविष्यमा हुनसक्ने पाठेघरको क्यान्सरको जोखिम न्यूनिकरणका लागि  खोप अभियानकै रुपमा संचालन भई उत्साहजनक रुपमा संचालन भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बजगाईले जानकारि दिनुभयो । सिन्धुपाल्चोकमा माघ २२ बाट खोप सुरु भई माघ ३० गते सम्म संचालन भएको हो ।

कतिपय स्थानीय तहले भने माघ २९ अगावै  खोप तालिका निर्माण गरि सम्पन्न गरेका छन् ।  खोप सेवा संचालनको लागि जिल्लाका सबै स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु खेप केन्द्रमा परिचालित भएको कार्यालयले जानकारि दिएको छ ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.