Alag Dhar

आगजनीबाट ध्वस्त घरअगाडि पत्रकार सम्मेलन

मकवानपुर । कर्णाली प्रदेशका प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्बर खड्काले आफू राजनीतिक गतिविधिमा संलग्न नभए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी गरेर ध्वस्त बनाइदिएको गुनासो गर्नुभयो ।

जेनजी पुस्ताले आन्दोलनका क्रममा गत भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका–७ स्थित इत्राममा नवनिर्मित घरमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरिदिएको छ । डाक्टर खड्का कांग्रेस केन्द्रीय उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काका माइलो भाइ हुनुहुन्छ । डाक्टर खड्काको घरमा मात्र होइन, पूर्णबहादुर खड्काका साइलो भाइ एवं कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्काको घरमा पनि जेनजी पुस्ताको आन्दोलनको भिडले आगजनी, तोडफोड गरेको छ ।

दुई सातापछि आगजनीबाट ध्वस्त भएको घरअगाडि पत्रकार सम्मेलन गर्दै उहाँले ४१ वर्षको आफ्नो मेहनतको कमाईबाट बनाएको घर जलाएको, तोडफोड गरेको र लुटपाट गरेको बताउनुभएको छ ।

उहाँले आफ्नो घरबाट जिल्ला प्रहरी कार्यालयको दुरी एक सय मिटर मात्रै रहेको भन्दै उहाँले सुरक्षाकर्मीले जनताको जनधनको सुरक्षा गर्नुपर्ने कर्तव्य बिर्सिंदा यस्तो क्षति भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नजिकै प्रहरी कार्यालय छ, बेलैमा सुरक्षाकर्मी पठाइदिएको भए यस्तो क्षति हुने थिएन, सुरक्षाकर्मीले आफ्नो कर्तव्य बिर्सिए ।”

उहाँले आफ्नो घरमा आगो लगाउने, लुटपाट र तोडफोड गर्ने जेनजी पुस्ता नभएको दाबी गर्नुभयो । आफ्नो पुख्र्यौली सम्पत्ति, डाक्टरी पेसाबाट कमाएको पैसाले बनाएको घर, दुई वटा गाडी, लुगाफाटा, नगद, गहना सबै लुटेर लगेको भन्दै डाक्टर खड्काले गुनासो गर्नुभयो । यति हुँदाहुँदै पनि आफू कहीँ पलायन नहुने र बाँचुन्जेल सुर्खेतमै बसेर बिरामीको सेवा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कर्णाली जस्तो दुर्गम ठाउँमा बसेर धेरैको ज्यान बचाएको, निःशुल्क सेवा गरेको बदलामा आफ्नो घर सम्पत्ति जलाउनु दुःखद भएको उहाँको भनाइ छ । उहाँले आफूहरूले कुनै भ्रष्टाचार नगरेको, कसैलाई दुःख दिएर कमाएको नभई पुख्र्यौली सम्पत्ति, पेसागत आम्दानीबाट दुःखले कमाएको सम्पत्तिमा आगो लगाउनेलाई कुनै दिन यस्तै हविगत भोग्नुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै नेपाली कांग्रेस सुर्खेतका उपसभापति एवं डा. डम्बर खड्काका भाइ विष्णुबहादुर खड्काले राजनीतिक गर्ने व्यक्तिले आफ्नो पेसा, व्यवसाय गर्न पनि नपाउने अवस्था आएकोमा चित्त दुखाउनुभयो । उहाँले सुर्खेतमा हुने विभिन्न आन्दोलनका क्रममा आफूहरूको घर जहिले पनि आन्दोलनकारीको निशानामा पर्ने गरेको भन्दै यस्तो घर अरू राजनीतिकर्मीमा नहुने तर आफूहरूको मात्रै हुने गरेकोमा आक्रोश पोख्नुभयो ।

उहाँहरूको घरको मूल्याङ्कन हुन बाँकी रहेको छ । सरकारी मूल्याङ्कन समितिले सरकारी कार्यालयको क्षतिको विवरण सङ्कलन गरिरहेको र अब व्यक्तिगत घरको क्षतिको विवरणको मूल्याङ्कन गर्ने तयारी गरेको जनाएको छ ।

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.