Alag Dhar

मन्त्री घिसिङ र स्वीस राजदूतबिच भेटवार्ता

मकवानपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबिच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्वीट्जरल्याण्डका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

भेटमा स्वीस सरकारको सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन रुपमा सहयोग गर्न सकिने क्षेत्रहरु, स्वीस लगानी, द्विपक्षीय सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

स्वीस सरकारबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता चुनाव, आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनःनिर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउने रहेको उल्लेख गर्नुभयो ।

उहाँले विद्युतीय सवारीसाधन प्रवर्द्धन, घरयासी प्रयोजनमा विद्युतलाई इन्धनको रुपमा प्रयोग गर्न प्रोत्साहन, स्वीट्जरल्याण्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन, साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो ।

हाल स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालित छन् । राजदूत मेउलीले नेपाल ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताउनुभयो ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.