Alag Dhar

मुख्यमन्त्री आचार्यद्वारा विपद्पछि संरचनाको अनुगमन

मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा पश्चिम नवलपरासीमा क्षति पुगेका सरकारी तथा निजी संरचनाको आज अनुगमन गर्नुभएको छ।

आगजनी र तोडफोडका कारण सरकारी कार्यालयका भवन र कागजात नष्ट भएको भन्दै उहाँले यसलाई गम्भीर अपराधिक कार्यका रूपमा टिप्पणी गर्नुभयो। मुख्यमन्त्री आचार्यले भन्नुभयो, “जेनजी पुस्ताले भ्रष्टाचार र सुशासनलाई मुख्य एजेन्डा बनाएर आन्दोलन गरेका थिए, तर यसरी संरचना जलाउने काम उनीहरूबाट हुन सक्दैन। यो प्रतिशोधपूर्ण र आपत्तिजनक काम हो।”

ध्वस्त भएका कार्यालयमार्फत सेवा प्रवाह नरोकिने बताउँदै मुख्यमन्त्रीले तत्काल राहत रकम पठाइएको र अस्थायी टेन्ट टाँगेर भएपनि जनतालाई सेवा दिन कर्मचारीलाई आह्वान गरिएको जानकारी दिनुभयो। पुनर्व्यवस्थापनका लागि प्रदेश सरकार अगाडि बढिरहेको पनि उहाँले स्पष्ट गर्नुभयो। उहाँले आचार्यले जेनजी आन्दोलनका क्रममा परिवारका एक सदस्यको राजनीतिक संलग्नताका कारण सिंगो परिवारले दुस्ख भोग्नु परेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो।

पश्चिम नवलपरासीमा जिल्लामा सबैभन्दा बढी निजी सम्पत्तिमा क्षति पुगेको छ। मुख्यमन्त्री आचार्यले नवलपरासीमा क्षति पुगेका सबै संरचनाको प्रत्यक्ष अनुगमन गर्ने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.