Alag Dhar

आजदेखि जिल्ला अदालत पूर्णरुपमा सुचारु हुने

मकवानपुर । जिल्ला अदालत मकवानपुर आज बिहीबारदेखि पूर्णरुपमा सुचारु हुने भएको छ । कात्तिक १० गतेबाट सर्वोच्च अदालतको सफ्टवेयर प्रणाली पुनःस्थापना भएपछि बुधबार जिल्ला अदालतको न्यायाधीशहरुसहितको पूर्ण बैठकले अदालतको सम्पूर्ण सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीशहरु गीता श्रेष्ठ, शकुन्तला कार्की, निर्मला शर्मा र पूर्णिमा कोइरालासहितको पूर्ण बैठकले मुद्दा तथा पेशी व्यवस्थापन, मुद्दा दर्तासहित यसअघि सञ्चालन भइरहेका तारेख दिने, बयान लिने, मुद्दा दर्ता, मुद्दा फिर्ता, मिलापत्र, प्रतिउत्तर दर्ता, प्यारोल निवेदन, रोक्का तथा फुकुवासम्बन्धी निवेदनहरुलगायतका सबै सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

जेन–जी आन्दोलनपछि डेढ महिनादेखि अदालतमा रोकिएका र ‘म्यानुअली’मात्र हुँदै आएका सबै काम बिहीबारदेखि सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) बाटै नियमित हुने जिल्ला अदालतका स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिनुभयो । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगजनीमा परेर सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) नष्ट भएको थियो ।

स्रेस्तेदार कौशिकका अनुसार सर्वोच्च अदालतको सो सर्भर सुचारु भएसँगै देशभरका सबै अदालतहरु पूर्ण सुचारु भएका छन् । यो प्रणाली पुनःस्थापना भएपछि सबै अदालतका डाटाहरु सुरक्षित तवरले रिकभर भएको भन्दै उहाँले अब आन्दोलनअघिकै लयमा सबै सेवा दिन सकिने जानकारी दिनुभएको छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सर्वोच्च, उच्चसहित जिल्ला अदालतहरुमा पनि तोडफोड तथा आगजनीबाट क्षति पुगेपछि सेवा प्रवाह गर्न असहज भएको थियो ।

जेन–जी आन्दोलनपछि सेवा ठप्प भएको जिल्ला अदालत मकवानपुरमा भदौ मसान्तदेखि थुनुवा म्याद थप, जरुरी पक्राउ पुर्जी, पक्राउ अनुमति, प्रहरीद्वारा पक्राउ भइसकेकाहरुको बयान तथा थुनछेक आदेशजस्ता विशेष सेवामात्र सुचारु गरिएको थियो । असोज २१ गते नियमित मुद्दा पेशीबाहेक अन्य सेवा थप गरी १३ प्रकारका सेवा विस्तार गरिएको थियो । आगजनीमा परेर अदालतका ७ वटा चालु मिसिल र ५ सय ३४ वटा अभिलेख मिसिल जलेर नष्ट भएका थिए ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.