Alag Dhar

मनास्लुमा भीरबाट खसेको ढुङ्गाले लागेर पर्यटक घाइते

मकवानपुर । मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौंको टोखा नगरपालिका-६ का ४४ वर्षीया मिनु इन्द्र लम्साल भीरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको छ।

बिहिबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका–५ बिहिमा पैदल हिँडिरहेकाबेला लम्सालाई अचानक भीरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते लम्सालको टाउकोमा चोट लागेकाले उहाँको उपचारको लागि बिहि स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली पनि घटनास्थलतर्फ लागेको हो ।

घाइते लम्सालको साथी बिशाल लम्सालले दुर्घटना हुनेबित्तकै प्रहरीलाई खबर गर्नु भएको थियो, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नुभयो, तत्कालै इलाका प्रहरी कार्यालय लार्के गोरखाबाट प्र स नि याम बहादुर दरैको नेतृत्वमा प्रहरी टोली खटिएर घटनास्थलतर्फ पठाइएको छ ।

उक्त घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट दशिण तर्फ पर्ने ४ घण्टा पैदल पर्ने भएकाले प्रहरी टोली पुग्न केहि ढिलाई हुने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.