Alag Dhar

Day: २०८२ कार्तिक २९, शनिबार १८:५३

एमाले मकवानपुरको बृहत मोटरसाइकल र्‍याली, सामाजिक सञ्जालमा फेक ‘कुपन’ भाइरल

मकवानपुर । नेकपा एमाले मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बृहत् मोटरसाइकल र्‍याली तथा जनसभामा जिल्लाका करिब १० हजार कार्यकर्ता र २५ सयभन्दा बढी स्कुटर तथा बाइक सहभागी भएको जनाएको छ। यस्तै कार्यक्रमकै सन्दर्भलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आज दिउँसोदेखि एउटा हस्तलिखित कागज (पर्चा) पेट्रोल कुपनजस्तै देखिने फोटो तीव्रगतिमा फैलिएको छ। कागजमा 'नेपाल कम्युनिस्ट पार्टी(एमाले) हेटौंडा-१८ वडा कमिटी' लेखिएको छाप लगाईएको, ‘अध्यक्ष’ भनेर हस्ताक्षरझैँ गरिएको र “२०८३/०७/२९” जस्ता अंक लेखिएको देखिन्छ। यसले र्‍यालीका सहभागीहरूलाई पेट्रोल वितरण गरिएको भन्ने अफवाह फैलाउने प्रयास गरिएको छ। तर एमाले मकवानपुरका नेताहरूले उक्त कागजलाई पूर्णतया फेक र भ्रम सिर्जना गर्ने उद्देश्यले बनाइएको दाबी गरेका छन्। एमाले…
Read More

सरकारले लोकतन्त्र र सुशासनमाथि गम्भीर प्रहार गर्‍यो : डा. राजन भट्टराई

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले सरकारले चालेको पछिल्लो राजनीतिक कदमले संविधानको मूल भावना नै कमजोर पारिएको आरोप लगाएका छन् । मकवानपुरमा शनिबार आयोजित जनसभामा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरिएको प्रक्रिया संवैधानिक मापदण्ड र राजनैतिक नैतिकतादुवैसँग मेल नखाने दाबी गरे। उनले प्रधानमन्त्री सुशीला कार्की स्वयं निर्वाचित प्रतिनिधि नभएको र संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको उल्लेख गर्दै, “कुन आधारमा संसद् विघटन गरियो भन्ने प्रश्न देशले जवाफ खोजिरहेको छ,” भने। संविधान ‘च्यातिने’ प्रवृत्तिलाई रोक्न संसद् पुनःस्थापना अपरिहार्य रहेको भट्टराईले बताए। उनले जनताको लामो संघर्षबाट जन्मिएको संविधानमाथि खेलबाड गर्न नदिने एमालेको अडान स्पष्ट गरे। यसैगरी निष्पक्ष र धाँधलीरहित…
Read More

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न प्रदेश सरकारको पहल

मकवानपुर । बागमती प्रदेशको श्रम ,रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानलाई तीव्र बनाएको छ। शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा मन्त्रालयले प्रदेशभरिका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सरोकारवाला निकायहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले अनौपचारिक क्षेत्रका श्रमिकहरू प्रायः आधारभूत सुरक्षाविना काम गर्न बाध्य रहेको उल्लेख गर्दै कोषमा उनीहरूको सहभागिता सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताए। उनले स्थानीय तहले प्रत्येक वडामा सामाजिक सुरक्षा कोषसँग सम्बन्धित प्रचार–प्रसार तथा आवश्यक पूर्वाधारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। मन्त्री थापाले प्रत्येक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.