Alag Dhar

नेपाल आज मलेसियासँग भिड्दै

मकवानपुर । एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम चरणको छनोटअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

क्वालालम्पुरस्थित बुकित जलिल नेशनल स्टेडियममा साँझ ६:४५ बजे सुरु हुने खेलमा नेपालले आफ्नो कमजोरी सुधार गर्ने लक्ष्य राखेको छ । नेपालले मलेसियासँग ६ महिनापछि प्रतिस्पर्धा गर्न लागेको हो ।

यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० गोलको हार खेपेको थियो । नेपालका लागि आजको खेल मलेसियासँग बदला लिने मौका हुनेछ ।

समूह एफ अन्तर्गत जारी छनोटमा हरेक टोलीले चार चार खेल सक्दा मलेसिया शतप्रतिशत जितसहित १२ अङ्कका साथ शीर्षस्थानमा छ । यस समूहमा भियतनाम र मलेसिया पनि रहेको छ ।

सबै खेलमा हार खेपेको नेपालले मलेसियासँग खेल्नुअघि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

छनोटबाट बाहिरिएको नेपालका लागि मलेसियाविरुद्धको खेल अनुभवसँगै प्रतिष्ठाको लडाईं हुनेछ । मलेसियाले जित निकालेको एसिया कपको ढोका खोल्नेछ ।

नेपाल र मलेसियाबिचको यस खेल घरेलु मैदान दशरथ रङ्गशालामा हुनुपर्ने थियो । तर एएफसीबाट दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य ठहरिएपछि नेपालले घरेलु खेल पनि अरुकै मैदानमा खेल्नु परेको हो ।

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.