Alag Dhar

एनपिएल : पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो ।

पोखराका लागि सुमीत वर्माले सर्वाधिक खविजित ५० रन बनाउनुभयो । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिनुभयो । अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

जारी एनपिएलको अघिल्ला दुई खेलमा लगातार हार खेपेका दुवै टोली आज जित निकाल्ने लक्ष्यमा छन् ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.