Alag Dhar

बहुविवाह मुद्दामा डीएसपी पक्राउ

बुटवल। बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए ।

डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भने ।

नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले बताए ।

नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए । प्रहरी निरीक्षक हुँदा डीएसपी नेपाल बुटवलको वडा प्रहरी कार्यलयमा इन्चार्ज थिए ।

उनी गाँजाको कारोबार सम्बन्धी आर्थिक कारोबारमा संलग्न रहेको पाइएपछि विभागीय कारबाहीमा परेका थिए ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.