Alag Dhar

एमाले कालीकोटबाट शाही सिफारिस

कालीकोट । नेकपा एमाले कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । यसअघि काठमाडौँमा गरिएको सिफारिसमा विवाद भएपछि जिल्लामा पुनः बसेको जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य नगिन्द्र शाहीको नाम एकल रूपमा सिफारिस गरेको हो ।

उम्मेदवारका लागि १२ जनाले दाबी प्रस्तुत गरेका थिए । काठमाडौँमा तीन दिनसम्म छलफल भए पनि सहमति जुट्न नसकेपछि जिल्ला अध्यक्ष तुलाराज मल्लले शाहीसहित तीन जनाको नाम सिफारिस गरेका थिए । अध्यक्षलाई अधिकार दिइएको भनिए पनि आकाङ्क्षी केन्द्रीय सदस्य मिनबहादुर शाही, इन्दिरा सज्याल, नेता कासिँचन्द बराल र रमेश शाहीले त्यसको विरोध जनाएका थिए ।

विरोधपछि उम्मेदवार सिफारिसको निर्णय जिल्ला कमिटीबाटै गरिने भन्दै पार्टी सचिव पुष्पराज आचार्यले पत्राचार गर्दै पुस २३ गतेका लागि जिल्ला कमिटीको बैठक बोलाउनु भएको थियो ।

काठमाडौँमा रहनु भएका अध्यक्ष मल्ल, नेपालगन्जमा रहेका उपाध्यक्ष, उपसचिवलगायत केही जिल्ला कमिटी सदस्यहरूको सहभागितामा बसेको बैठकले यसअघि सिफारिस गरिएका तीनै जनाको नाम बदर गर्दै नगिन्द्र शाहीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि काठमाडौँमा भएको छलफलका क्रममा पनि शाहीले आफ्नो नाम एकल सिफारिस गरिनु पर्ने अडान राख्दै तीन दिनसम्म छलफल गराउनु भएको थियो । तर अन्य दाबेदारको असहमतिपछि अध्यक्ष मल्लले शाहीसँगै युवा सङ्घका नेता वकिल बम र प्रदेश कमिटी सदस्य सिता शाहीको नाम सिफारिस गर्नु भएको थियो ।

पार्टी सचिव आचार्यका अनुसार जिल्ला कमिटी बैठकमा शाहीको नाम एकल सिफारिस गर्ने प्रस्ताव आएपछि त्यसमा सहमति जुटेको हो । “हामीले विधि अनुसार जिल्लामै छलफल गरेर निर्णय गरौँ भन्ने अडान राखेका थियौँ । छलफलपछि कुनै पक्ष–विपक्ष रहने अवस्था आएन,” उहाँले भन्नु भयो ।

यसअघि काठमाडौँको बैठकमा सिफारिस भएका वकिल बमले पुरानो निर्णय बदर गर्नु दास मानसिकताको उपज भएको टिप्पणी गर्नु भएको छ ।

शाही २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका महिन्द्रबहादुर शाहीसँग करिब सात हजार मतान्तरले पराजित हुनु भएको थियो । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबिच गठबन्धन भएकै कारण मतान्तर बढेको एमालेको दाबी छ ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.