Alag Dhar

एसबिआई बैंक लुटेको आरोपमा चार जना पक्राउ, एक करोड ८० लाख बरामद

मकवानपुर । सिन्धुलीको एसबिआई बैंक लुटपाट भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति साढे ७ बजेतिर घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा रहेको एसबिआई शाखा बैंकमा ६ जनाको अज्ञात समूहले लुटपाट गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार ३ करोड १० लाख रुपैयाँ लुटपाट भएको थियो। लुटिएको रकममध्ये एक करोड ८० लाख रुपैयाँ नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको एसपी सुवेदीले जानकारी दिए। बाँकी रकम र यस घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पनि उनले बताए।

‘६ जनाको समूह गाडीमा आएको र खुकुरी देखाएको भन्ने कुरा छ। खुकुरी बरामद भइसकेको अवस्था होइन,’ एसपी सुवेदीले भने, ‘पक्राउ परेका चार जनालाई कार्यालय ल्याइँदैछ।’ लुटपाट गर्न पुगेको अज्ञात समूहले बैंकका सुरक्षा गार्डमाथि हतियार प्रहार गरेको खुलेको छ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.