Alag Dhar

हेटौंडामा तरुल-सखरखण्ड-पिडालुको माग बढ्यो

मकवानपुर । माघ १ गते मनाइने माघे सङ्क्रान्ती पर्व नजिकिँदै जाँदा तरुल, सखरखण्ड र पिडालुजस्ता परम्परागत परिकारहरूको माग उल्लेख्य रूपमा बढेको छ।

माघे सङ्क्रान्तीमा विशेष परिकारका रूपमा यी वस्तु खाने परम्परा रहेकाले अहिले हेटौंडाको तरकारी बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ। पर्वलाई लक्षित गर्दै उपभोक्ताहरू आवश्यक सामग्री खरिदमा जुटेपछि बजारमा बिहानैदेखि भीड देखिन थालेको छ।

हेटौंडा बजारमा अहिले तराई र मकवानपुरका गाउँगाउँबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलको माग बढेको छ ।  व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा तरुल, सखरखण्ड र पिडालुको बिक्री बढेको छ भने माग बढेसँगै केही वस्तुको मूल्यसमेत सामान्य रूपमा बढेको छ।

माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकुलगायत खाने चलन छ ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.