Alag Dhar

Day: २०८२ माघ १३, मंगलवार ०५:१२

गैँडाको आक्रमणबाट मृत्यु

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक खनालले बताए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार दुवै जनाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
Read More
प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु

प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु

मकवानपुर । आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ । अबको १५ दिनभित्र मतपत्र छपाइको काम सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । आउँदो फागुन ५ गतेभित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने उहाँले जानकारी दिनुभयो । यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फ आवश्यक २ करोड ८ लाख ५० हजारभन्दा धेरै मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका…
Read More
भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

मकवानपुर । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएरातिदेखि सुदूरपश्चिम क्षेत्रबाट न्यून चापीय प्रणाली सक्रिय भएको र यसको प्रभाव आज बेलुकापछि पूर्वतर्फ सर्नेछ । भोलि काठमाण्डौ उपत्यकासहित मधेश र कोशीमा पनि हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराई भागमा भने सामान्य मात्रै प्रभाव रहने मौसमविद् अधिकारीले…
Read More
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मकवानपुर । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६…
Read More
अवैध रूपमा ल्याइएका ७ गोरुसहित ट्रक चालक र सहचालक नियन्त्रणमा

अवैध रूपमा ल्याइएका ७ गोरुसहित ट्रक चालक र सहचालक नियन्त्रणमा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी चेकपोष्ट अगाडि पूर्व–पश्चिम सडकखण्डमा अवैध रुपमा चौपाय ओसारपसार भइरहेको अवस्थामा एक मिनी आइचर ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा।प्र।०३–००१ ख १२२० नम्बरको मिनी आइचर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा आवश्यक कागजपत्र बिना अवैध रुपमा ल्याइएका ७ वटा चौपाय ९गोरु० फेला परेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइनेमा ट्रक चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ निवासी २५ वर्षीय अखिल भण्डारी र सहचालक मनहरी गाउँपालिका–७ निवासी अन्दाजी ४२ वर्षीय खडक बहादुर विश्वकर्मा रहेका छन्। पक्राउ परेका दुवै व्यक्ति, ट्रक तथा चौपायलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र हेटौंडा, मकवानपुर पठाइएको प्रहरीले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.