Alag Dhar

अब ग्यास आधा सिलिन्डर मात्रै पाइने, ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह

काठमाण्डौ । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७।१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

आयल निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुईरतीन महिनादेखि ग्यासको माग उच्च देखिएको र अहिले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह पनि गरेको छ । निगमले मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.