Alag Dhar

नेवारपानी दुर्घटना: ट्रेलर चालक गोबिन्दको ज्यान गयो

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्ततर्गत हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेर १० मिनेटको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको ट्रेलर र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा।प्र। ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा ट्रेलर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका ३८ वर्षीय गोबिन्द चौधरी स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक चितवनको खैरेनी नगरपालिका–९ बस्ने करिब ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरमा राखेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

मुख्य समाचार

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.