Alag Dhar

१० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

मकवानपुर । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई एक करोड डलर इनाम दिने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले मोजतबा खामेनीसहित १० जनाको बारेमा सूचना दिने व्यक्तिलाई एक करोड डलरसम्मको इनाम दिने घोषणा गरेको हो ।

उसले निकालेको सूचीमा इरानको सर्बोच्च राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी अली लारीजानी, मेजर जनरल रहिम सफावी, अलि अस्गर हेजाजीलगायत छन् । यसअघि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सर्बोच्च नेता आयातुल्लाह खामेनीको ज्यान गएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानालाई नष्ट गरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा उहाँले अमेरिकाको सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशाली मध्येको कारबाही पूरा गरेको र खार्ग द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको उल्लेख गर्नुभएको छ ।

बीबीसीका अनुसार खार्ग द्वीप इरानको झण्डै ९० प्रतिशत तेल निर्यातको केन्द्र हो र तेहरानको अर्थव्यवस्थाका लागि यसलाई जीवनरेखा नै मानिन्छ । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका–इजरायलको संयुक्त आक्रमण इरानमा शुरु भएयता युद्धको असर मध्यपूर्व क्षेत्रभर फैलिएको छ । मध्यपूर्वमा तनाव कायमै छ ।

इरान र हिज्बुल्लाहले पनि इजरायलमा संयुक्त आक्रमण गरेको विवरण आएको बीबीसीले उल्लेख गरेको छ । जवाफमा इजरायलबाट लेबनान र इरानका कतिपय क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

यसैबीच यूएईले आफ्नो देशको हवाई सुरक्षा, विस्फोटन र आक्रमणबारेका झुटा भिडिओ क्लिपहरू प्रकाशित वा सार्वजनिक गर्ने १० जनालाई पक्राउ गर्न आदेश दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

मुख्य समाचार

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

हेटौंडा । राष्ट्रिय युवा सङ्घले स्थापना दिवसको अवसरमा जिल्ला युवा सङ्घ नेपाल मकवानपुर ले हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालय...
हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

  हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाले आफ्नाे वडाभित्रका सामुदायिक तथा संस्थागत विध्यालयका विध्यार्थीलाई विभिन...
आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकला...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.