Alag Dhar

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय नागरिकले चुनावमार्फत दिएका बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा संयोजक प्रचण्डले नागरिकले सुध्रिने अवसर दिएका बताउनुभयो । उहाँले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गर्नुभयो ।

प्रचण्डले नागरिकले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाइधुवाइ गरेर फर्कन सवक सिकाएका उल्लेख गर्नुभयो । उहाँकाअनुसार अहिले देखिएको राजनीतिक धक्कालाई गम्भीर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्छ । यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिस्ट आन्दोलन अझ सुदृढ हुने उहाँको भनाइ छ ।

प्रचण्डले भन्नुभयो, ‘अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोनले धक्का खाएको देखिएको छ, त्यसबाट हामीले शिक्षा लिनुपर्छ । यी धक्काहरू हामीभित्र जम्मा भएका फोहोरमैला सफा गर्ने अवसर पनि हो । सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो । अहिले नागरिकले हामीलाई घृणा गरेको होइन, नागरिकले हामीलाई नुहाइधुवाइ गरेर आऊ भनेर सवक सिकाएको हो ।’

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.