Alag Dhar

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित कार्यक्रमकाबीच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो ।

यसअघि २०८१ सालको भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो ।

ब्रिज इन्टरनेशनलका सीईओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरीले सम्झौता पाँच वर्षको भएको र नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो समयमको लागि सम्झौता भएको यो पहिलो पटक भएको बताउनुभयो ।

गिरीले तल्लोतहबाटै क्रिकेट खेलको विकास गर्नुपर्छ भनेर आफूहरु लागेको भन्दै ‘राइजिङ एण्ड साइनिङ विथ एस २५’ कार्यक्रम समेत घोषणा गर्दै हरेक प्रदेशमा गएर प्रतिभावान खेलाडीहरुको खोजी गर्ने र कम्तीमा ५ खेलाडीलाई स्कलरसिप दिने योजना रहेको बताउनुभयो ।

सन्दीपले दुई वर्षअघि आफू कठिन समयमा हुँदा ब्रिज इन्टरनेसनलले उठाउने काम गरेको भन्दै यो सम्झौता मात्र नभएर परिवार जस्तै भएको बताएका छन् ।

मुख्य समाचार

इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.