Alag Dhar

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

काठमाडौं । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् ।

गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म पाँच हजार ६९ जनाको मृत्यु भएको छ । अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेका छन् ।

भूकम्पमा घाइते हुनेको संख्या १६ हजार ७४० पुगेको छ । यद्यपि अधिकांश घाइते उपचारपछि अस्पतालबाट घर फर्किसकेको अधिकारीहरूले जनाएका छन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको पुनर्निर्माणका लागि आइएमएफबाट ३४ करोड ६० लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिएका छन् ।

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले उक्त रकम उपलब्ध गराइएको पुष्टि गर्दै तत्काल मानवीय आवश्यकताको सम्बोधनका लागि भेनेजुएलाको आफ्नै सञ्चित स्रोत ९रिजर्भ ट्राञ्च० प्रयोग गर्न सहयोग गरिएको बताए ।

भूकम्पका कारण करिब २० हजार मानिस घरबारविहीन भएका छन् । उनीहरू अस्थायी शिविरमा बस्दै आएका छन्, जहाँ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था नभएको जनाइएको छ ।

भेनेजुएलासँग आइएमएफमा करिब पाँच अर्ब १० करोड अमेरिकी डलर बराबरको विशेष आहरण अधिकार (एसडीआर) मौज्दात रहेको छ । निकोलस मादुरोलाई राष्ट्रपति नमानिएका कारण यसअघि उक्त स्रोतको उपयोग रोकिएको थियो ।

यस वर्ष जनवरीमा निकोलस मादुरो सत्ताच्युत भएपछि आइएमएफ र विश्व बैंकले अप्रिलमा भेनेजुएलासँगको सहकार्य पुनःसुरु गरेका थिए । सन् २०१९ देखि यी संस्थासँगको सम्बन्ध स्थगित रहेको थियो । रासस

मुख्य समाचार

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट ...
आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डौं । आज देशका विभिन्न २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका त...
आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

काठमाण्डौं । आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशक...
नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डेको निधन

नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डेको निधन

काठमाण्डौं । नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा हिजो बेलुका काठमाण्डौको विशा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.