Alag Dhar

Day: २०८३ भाद्र ९, मंगलवार ०७:०४

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आम्दानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो । ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत लगाइएको प्रतिबन्धले इरानको पेट्रोलियम आम्दानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको मन्त्रालयले जनाएको छ । अमेरिकी कदमले इरानको तेल ढुवानी गर्ने ‘डार्क फ्लीट’ तथा पेट्रोलियम, पेट्रोलियम उत्पादन र पेट्रोकेमिकलको बिक्री तथा ढुवानीमा संलग्न अन्तर्राष्ट्रिय मध्यस्थलाई समेत समेटेको छ…
Read More
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । मंगलबार (भदौ ९) नेपाली बजारमा सुन प्रतितोला तीन लाख २२ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन सोही परिणामको सुन तीन लाख २२ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला चार हजार ९०० मा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.