Alag Dhar

रसुवा बाढी : झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

काठमाण्डौ ।   रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३८९ जना पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १३७ जना, गोरखामा ३२ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो ।

अहिलेसम्म १ हजार ९७६ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ ।

अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक छन् । घाइते ७३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । खोज तथा उद्धारको लागि १३ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।

मुख्य समाचार

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

काठमाण्डौ ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ । प्रहरीले दिए...
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित ग...
गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र ...
रसुवा बाढी :  झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

रसुवा बाढी : झण्डै २ हजार जनाको उद्धार, ३८९ जनाको शव फेला

काठमाण्डौ ।   रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३८९ जना पुगेको छ । राष्ट्रिय विपद् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.