२०८३ आश्विन ११, आईतवार ०६:२४
२०८३ आश्विन ११, आईतवार ०६:२४
हेटौँडा । हेटौँडा–६ चौघडास्थित चौघडा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विजयकुमार श्रेष्ठ पुनः सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार चौघडामा सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा त्रिविक्रम मानन्धर, सचिवमा तारानाथ चौलागाईं र कोषाध्यक्षमा शुभद्रा कोइराला चयन भएका छन् । संस्थाको सदस्यमा रामचन्द्र अधिकारी, राजकुमार कायस्थ, सुवोधकुमार भट्टराई, पुष्पाकुमारी जोशी र गोमा लामिछाने चयन भएका हुन् । त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा विजयकुमार हुमागाईं तथा सदस्यमा बुद्धरत्न मानन्धर चयन भएका हुन् । नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनका लागि अर्जुनप्रसाद चौलागाईंको संयोजकत्वमा रविन्द्रकुमार गौतम…