Alag Dhar

सपना पूरा गर्न अक्षयकोष: असहाय विद्यार्थीको लागि चार लाख

असहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ ।

शुक्रबार आयोजित विद्यालयको ९९औँ वार्षिक साधारणसभाले अक्षयकोष स्थापना गरेको हो । पूर्वसांसद रणेन्द्र बरालीले आफ्ना स्वर्गीय मातापिता झिमलाल र अमृता बरालीका नाममा प्रदान गरेको रु दुई लाखबाट अक्षयकोष स्थापना गरिएको हो ।

यसैगरी, स्वर्गीय बुद्धि श्रेष्ठ र पूर्णमान श्रेष्ठको सम्झनामा उनीहरुका जेठा छोरा टङ्कनारायण श्रेष्ठले रु दुई लाख दुई हजारको अक्षयकोष स्थापना गरेका हुन् । सोही विद्यालयका पूर्व विद्यार्थी डम्बर बराइलीले रु ४० हजार बराबरको २० थान मेच खरिद गरिदिएका छन् ।

अर्का पूर्वविद्यार्थी नरजुन बरालीले बरालीले दलित तथा असहाय दुई जना छात्रछात्रालाई जनही रु १० हजार ५०० सहयोग प्रदान गरेका छन् ।

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.