Alag Dhar

ओली पक्राउको विरोधमा हेटौंडामा एमालेको प्रदर्शन

 

हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ताहरू मकवानपुरको हेटौंडामा प्रदर्शनमा उत्रिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पक्राउ गरिएको विरोधमा उनीहरू सडकमा आएका हुन्।

शनिबार दिउँसो पार्टीका विभिन्न जनसंगठनहरूको अगुवाइमा हेटौंडाका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

यसैबीच, राजधानी माइतीघर–बानेश्वर क्षेत्र मा समेत एमालेका कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। सो क्षेत्रमा अहिले तनावको अवस्था सिर्जना भएको बताइएको छ।

पार्टी स्रोतका अनुसार एमाले सचिवालयको आकस्मिक बैठकले आज दिउँसो ३ बजे देशभरका जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। एमालेसँग आबद्ध २३ वटा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णयअनुसार हेटौंडासहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको हो।

यसअघि गत भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा दमन भएको विषयलाई लिएर पनि राजनीतिक विवाद चर्किएको थियो। उक्त समय केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेका थिए।

आज बिहान सबेरै अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले विरोध कार्यक्रम घोषणा गरेको हो। पक्राउ लगत्तै बसेको सचिवालय बैठकले आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको जनाएको छ।

एमालेले आफ्ना अध्यक्षको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ भने सरकारले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

मुख्य समाचार

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डौं । ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको...
रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै ९० मिनेट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधा...
सुनचाँदीको भाउ आज पनि घट्यो,  सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो कारोबारको दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०...
आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

काठमाण्डौं । आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.