Alag Dhar

अलगधार

अलगधार

1598 Posts
सुनको भाउ  बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ४० रुपैयाँ थियो ।
Read More
सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते

सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप चोरखोलमा दुर्घटनामा परेको हो । दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । मृतक विश्वकर्मा जिप चालक रहेको प्रहरी चौकि कपुरकोटले जनाएको छ । बिरामी बोकेर हिँडेको सो जिपमा चालकसहित चार जना सवार थिए । बिहान करिब पौने पाँच बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई महिला र एक बच्चा घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका(२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका,…
Read More
चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा

चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा

मकवानपुर । आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् । नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार तालिम पूरा भएका उनीहरुलाई चुनावी सुरक्षार्थ खटाउन लागिएको हो । प्रतिनिधिसभा सदस्य…
Read More
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौं । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ । विभागले ठुला ग्यासको उत्पादन कम्पनीलाई पनि आवश्यक निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाका उपलब्ध ग्यास बोटलिङ उद्योगको अनुगमनको क्रममा उपभोक्ताको माग अनुसारको उत्पादन र वितरण बढाउन निर्देशन दिएको छ । उद्योगहरूलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता बढाउनै पर्ने विभागको निर्देशन दिएको…
Read More
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको…
Read More
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी

काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या ९ पुगेको अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९ पुगेको हो । सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । आज बिहान रामेछापको मचानेटार…
Read More
खेतमा घाँस काटेको विवादमा आक्रमण स् ३ जना महिला गम्भीर, १ जना पक्राउ

खेतमा घाँस काटेको विवादमा आक्रमण स् ३ जना महिला गम्भीर, १ जना पक्राउ

रौतहट । रौतहटको देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमवार राती भएको सामूहिक आक्रमणबाट ३ महिला गम्भीर घाइते भएकी छिन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्। सामूहिक आक्रमणबाट वडा ५ टीकुलिया गाउँका महेश महेश तिवारीका छोरीहरू वर्ष २५ की अस्मिता तिवारी, वर्ष १५ की सुस्मिता तिवारी र बचेलाल मुखिया बिनको श्रीमती ४० वर्षीया अनतिया बिन गम्भीर घाइते भएको महेश तिवारीका भतिज राजेश तिवारीले बताएका छन्। अनतियाको टाउकोमा गहिरो खत लागेको, सुस्मिता र अस्मिताको जिउभरि चोटपटक लागेको तिवारीले बताएका छन्। घटना लगतै घाइतेहरू लाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बारा कलैया स्थित ए प्लस अस्पतालमा लगिएको…
Read More
ग्यासको अभावपछि अनुगमन तीव्र

ग्यासको अभावपछि अनुगमन तीव्र

मकवानपुर । बजारमा खाना पकाउने ग्यासको अभाव तथा खानेतेल, दाल, चामललगायतको भाउ बढेकोले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवम् प्रतिष्ठानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्र जनाएको छ । आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहजै ग्यास पाउन सकेका छैनन् । मागभन्दा कम ग्यास आपूर्ति हुँदा अभाव भएको विभागको निष्कर्ष छ । तर निगमले खाना पकाउने ग्यासको अभाव भए सिधै सम्पर्क गर्न आग्रह समेत गरेको छ । निगमले ग्यासको उपलब्धतामा कुनै समस्या आएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बरमा सम्पर्क गरी उजुरी टिपाउन भनेको छ ।…
Read More
आज कुन विदेशी मुद्राको भाउ कति ?

आज कुन विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । युरोपियन यूरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर…
Read More
काठमाण्डौमा वायु प्रदूषण बढ्यो : अस्वस्थकर तहमा पुगेकाले सावधानी अपनाउन आग्रह

काठमाण्डौमा वायु प्रदूषण बढ्यो : अस्वस्थकर तहमा पुगेकाले सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाण्डौमा वायु प्रदूषण बढेको छ । एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने निकायका अनुसार आज बिहान पौने ११ बजे काठमाण्डौमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ । त्यसबेला वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९० पुगेको छ । जबकि एक्यूआई १५० नाघ्नुलाई अस्वस्थ मानिन्छ । इन्डेक्सअनुसार ० देखि ५० सम्मको सूचकांकलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्मलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ अनि १५१ देखि २०० सम्म अस्वस्थ मानिन्छ । बिहान पौने ११ बजे काठमाण्डौ विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये पाँचौ‌ स्थानमा छ । त्यस्तै बङ्गलादेशको ढाका २८४ सहित पहिलो स्थानमा र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.