Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
प्रलोपा मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल, सिंखडालाई इन्चार्जको जिम्मेवारी

प्रलोपा मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल, सिंखडालाई इन्चार्जको जिम्मेवारी

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरले नयाँ जिल्ला नेतृत्व चयन गर्दै संगठन सुदृढीकरण र आसन्न संघीय निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। शुक्रबार हेटौँडामा सम्पन्न जिल्ला बैठकले ध्रुवराज ढकाललाई अध्यक्ष चयन गरेको हो। बैठकले राजेन्द्र सिंखडा (दारी बा) लाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। प्रदेश कमिटीको पुस २० गतेको परिपत्रअनुसार जिल्ला नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ। संगठनलाई थप बलियो बनाउने उद्देश्यले बैठकले एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ। साथै, फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू सर्वसम्मत रूपमा टुंगो लगाइएको छ। निर्णयअनुसार मकवानपुर क्षेत्र नम्बर–१ बाट तेजप्रसाद उप्रेती (रमेश) र तुफान विक्रम…
Read More
म्याग्दीमा एमालेबाट श्रेष्ठ उम्मेदवार

म्याग्दीमा एमालेबाट श्रेष्ठ उम्मेदवार

म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट नेकपा (एमाले) ले पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सारेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिव थमसरा पुनले जानकारी दिनुभयो । श्रेष्ठ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) सँग पराजित हुनुभएको थियो । श्रेष्ठ बेनी बजार निवासी हुनुहुन्छ । विद्यार्थी अवस्था देखि राजनीतिमा सक्रिय श्रेष्ठ दुई कार्यकाल जिल्ला कमिटी अध्यक्ष, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र हालै सम्पन्न भएको पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । श्रेष्ठसँगै आकाङ्क्षीहरुको जिल्ला कमिटी अध्यक्ष…
Read More
काठमाडौंको मेयरबाट पदबाट राजीनामा दिँदै बालेन

काठमाडौंको मेयरबाट पदबाट राजीनामा दिँदै बालेन

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय स्रोतका अनुसार आज मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपा बैठकमा सहभागी हुनेछन् । महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्। रास्वपाको आजको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फबो सिट टुंगो लगाउने छ ।  बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । बालेनले केपी ओलीसँग झापा गएर चुनाव लड्ने निर्णय गरेका हुन् । रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेता बनाएर भावी…
Read More
आगामी निर्वाचनको लागि नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम टुंग्यायो, मकवानपुरमा राना र बर्तौला

आगामी निर्वाचनको लागि नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम टुंग्यायो, मकवानपुरमा राना र बर्तौला

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शनिवार राती सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० उम्मेदवारको टुंगो लगाएको हो । बैठकले मकवानपुर क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट रानालाई उम्मेदवारको रुपमा एमालेले अघि सारेको थियो । तर, पछि कमल थापालाई सूर्य चिन्हबाट उम्मेदवार बनाइएपछि राना ब्याक भएका थिए । यता, मकवानपुर–२ मा एमालेले केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नै दाहोर्याउने निर्णय गरेको छ । अघिल्लो चुनावमा…
Read More
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउनेछ। एमालेले एक महिलासहित कम्तीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
Read More
एमाले बागमती प्रदेशद्वारा विशेष चुनावी अभियानको तयारी

एमाले बागमती प्रदेशद्वारा विशेष चुनावी अभियानको तयारी

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।यही माघ ४ गते काठमाडौँको भृकुटीमण्डपबाट जनप्रदर्शनसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामार्फत् अभियान थालिने छ । सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ।एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि सुरक्षित वातारण बनाउन सरकारसँग आग्रह गर्नुभयो । प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट गर्नुभयो । रासस
Read More
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस पर्वमा खनिजजन्य खानेकुरा खाइन्छ, सबैलाई माघे सङ्क्रान्तिको शुभकामना ।” आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहेको अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ । रासस
Read More
राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड

राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ । मकर सङ्क्रान्तिका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ बनाउने बताउनुभएको छ । पर्वहरूले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न प्रेरित गर्ने बताउँदै सन्देशमा संयोजक दाहालले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजलाई चाडपर्वले जीवन्त बनाएका उल्लेख गर्नुभएको छ । रासस
Read More
कांग्रेस बैठक : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल

कांग्रेस बैठक : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन कुमार थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल भएको छ । एक पदाधिकारीले गठनलाई प्रधानमन्त्रीलाई उम्मेदवार बनाउनेबारे बैठकमा छलफल भइरहेको रातोपाटीलाई बताए । यसमा विशेष महाधिवेशन पक्षधर सहमत भएको खण्डमा विवाद मिल्नसक्ने ती पदाधिकारीको भनाइ छ । संस्थापनले यसबारेको प्रस्ताव विशेष महाधिवेशन पक्षधरलाई पठाइसकेको छ । बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ ।
Read More
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता घिमिरे र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन । वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.